शुक्रबार २०, साउन २०७९ ०८:२३ आस्था जोशी
महेन्द्रनगर : २०५७ सालमा प्राविधिक शिक्षा लिएर स्थापना भएको कलेज हो बैजनाथ ईन्जिनियरिङ्ग कलेज । सिटिईभिटी बाट सम्बन्धन प्राप्त कलेजले बैजनाथ माध्यमीक विद्यालय महेन्द्रनगरको दोस्रो भवन भाडामा लिएर कलेजको शुरुवात गरेको थियो । उक्त भवनमा भिमदत्त नगरपालिकाले सञ्चालन गरेको महाकाली बहुउद्देश्यीय विद्यालय सञ्चालन हुने भएपछि २०७८ सालबाट भिनपा–२ महुलियामा आफ्नै भवनबाट सञ्चालित छ ।
कलेजले ३ बर्षे डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग र १८ महिने प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग कार्यक्रम सञ्चालन गरेको छ । कलेजबाट हालसम्म पढेका कुनैपनि विद्यार्थी बेरोजगार नरहेको कलेजको दावि गरेको छ । डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गमा ४८ र प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गमा ४० जना विद्यार्थी भर्ना लिने गरिएको कलेजले जनाएको छ ।
‘हामीले प्राविधिक शिक्षा दिन्छौ, सिपमुलक पढाई भएकोले पास नभएका विद्यार्थीहरु पनि निजि कम्पनीहरुमा सहजै जागिर पाउँछन् ।’ कलेजका प्रिन्सिपल ईन्जिनियर सागर हमालले भने ।
सुविद्या सम्पन्न कक्षाकोठा र भवन
कलेजले विद्यार्थीहरुका लागि सुविधासम्पन्न भवन र कक्षाकोठा तथा ल्याब बनाएको कलेजका व्यवस्थापन समिति अध्यक्ष एडभोकेट नन्दलाल चटौतले बताए । उनले भने, ‘हामीसंग विद्यार्थी हरुलाई सहज रुपमा पठनपाठन गराउन सुविधा सम्पन्न भवन, कक्षाकोठा तथा प्रयोगशाला छन् ।’ उनले थपे, ‘कलेजसंग कक्षा सञ्चालन तथा प्रसासन चलाउन १८ वडा हल(कक्षाकोठा)छन् ।’
विद्यालयले हालसम्म उत्कृट नतिजा ल्याउँदै आएको अध्यक्ष चटौतले बताएका छन् । कलेजले ५ जनालाई पुर्ण र ४ जना विद्यार्थीलाई २५ प्रतिशत छात्रवृतिमा पढाउँदै आएको छ । सुविधासम्पन्न लाईबररी, विद्यार्थीलाई आवासको सुविधा लगायतका बिदेशी गुणस्तरको भोतिक तथा शैक्षिक सुविद्या दिईरहेको कलेजका अध्यक्ष चटौतले बताए ।
बिदेशी गुणस्तरको शिक्षा दिईरहेका छौ : प्रवन्ध निर्देशक चटौत
कलेजले गुणस्तरीय शिक्षा दिईरहेको छ । कलेजको प्रयास बढीभन्दा बढी गुणस्तरीय शिक्षा दिने रहेको प्रवन्ध निर्देशक पंकज चटौतले बताए । उनले भने, ‘बिश्वसंग प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गने हाम्रो लक्ष्य हो र त्यसमा हामी सफल पनि भएका छौ ।’
कलेजले पुर्ण रुपमा मल्टीमिडियाको प्रयोग गरिरहेको छ । ‘हामीले उत्कृट नतिजा समेत दिईरहेका छौ, कलेजले कोटा अनुसार विद्यार्थी समेत पाउने गरेको छ ।’ ‘मैले समेत अष्ट्रेलिया र अमेरिकाबाट म्यानेजमेन्टमा कुशल दक्षता हाँसील गरेको छु, यसलाई प्रयोग गरेर कलेजलाई चुस्त, दुरुस्त राखेको छु, म अभिभावकहरुलाई ढुक्कसंग कलेजमा आफ्ना नानीबाबुहरुलाई भर्ना गराउन अनुरोध गर्दछु ।’
सम्पर्क कार्यालय स्थापना
कलेजले अभिभावक तथा विद्यार्थीहरुलाई सहजताका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । २०७९ साउन २६ गतेसम्म विद्यार्थी भर्ना गर्नुपर्ने भएकाले सहजताका लागि कञ्चनपुर उद्योग वाणिज्य संघको छेउमा अर्थात पुरानो बैजनाथ कलेज रहेको भवनको गेटबाट देखिने गरि सम्पक कार्यालय स्थापना गरेको कलेजले जनाएको छ ।
सम्पर्क कार्यालयबाट भर्नाको फारम वितरण गर्ने र बुझ्ने काम भईरहेको अध्यक्ष चटौतले बताए । उनले भने, ‘सम्पर्क कार्यालय र विद्यालय भवन दुईवटै ठाउँबाट फारम वितरण र लिने काम भईरहेकोछ, २६ गतेभित्र आफ्ना नानीबाबुहरुलाई भर्ना गराउन अभिभावकहरुमा अनुरोध गर्दछु ।’
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.