क्षतिपुर्ति दिनुपर्ने भएपछि सहकारीमाथी प्रहार, बेलडाँडीका उपाध्यक्षले गरिन् जनताको हितबिपरीत निर्णय

मङ्गलबार २४, साउन २०७९ १०:५६    पवन जोशी



क्षतिपुर्ति दिनुपर्ने भएपछि सहकारीमाथी प्रहार, बेलडाँडीका उपाध्यक्षले गरिन् जनताको हितबिपरीत निर्णय

महेन्द्रनगर : २०७८ भदौ ४ गते कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको नव निर्वाचित उपाध्यक्ष शान्ती नाथ लगायत २०/२५ जनाको समुहले नगरपालिका नजिकै कार्यालय रहेको महिला साना किसान कृषि सहकारी संस्थाको भवनमा तोडफोड गरे । त्यतिबेला उनि नेपालि काँग्रेसकी नेता मात्र थिईन । गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापाले सहकारीलाई भवन बनाउन जमिन दिएको भन्दै उनी तोडफोडमा उत्रिएकी थिइन् । 


तोडफोडको ब्यापक बिरोध भयो, मुद्दा जिल्ला प्रसासन कार्यालय कञ्चनपुर सम्म पुग्यो, जिल्ला प्रसासन कार्यालयमा दुई पक्षिय छलफल पश्चात एउटा बिन्दुमा सहमति भयो । सहकारीको भवनमा भएको क्षतिको भरपाई स्वयम् शान्ति नाथले गर्ने । केही समय उनले आलटाल गर्दै गईन् । उनले नेपाली काँग्रेसबाट गाउँपालिकाको उपाध्यक्षको टिकट पाईन र जितिन् पनि । तर उनले सहमति भए अनुसार सहकारीलाई क्षतिपुर्ती दिईन न त सम्पर्कमा रहिन । ‘पहिले पनि खासै मतलव गर्नु भएन अहिले त जितेर उपाध्यक्ष भईसकेपछि झन् के टेर्नु, दादागिरी गर्दै सहकारीलाई नै बन्द गराउने धम्की दिदै हिन्नुभएको छ, न्यु खोजिराख्नु भा छ, सहकारीलाई मर्का परेको छ ।’सहकारीकी प्रवन्धक तथा सुचना अधिकारी बिमला वडवालले गुनासो पोखे । 
अब उनि पालिकाको न्यायीक समितिको प्रमुख छिन् । न्यायीक समितिको प्रमुखमा बसिरहँदा उनले व्यक्तिगत प्रतिसोध साध्न थालेकि छिन् । उनले पुरै पालिकाबासीलाई नै असर पर्ने गरि सोमबार एउटा निर्णय गरेको भन्ने सुचना बाहीर आएको छ । त्यो हो सहकारीको डिपो नै खारेज गर्ने । कमजोरी भए कमजोरी गर्ने कर्मचारीलाई सचेत गराउने तथा नैसियत दिने कानुनि व्यवस्था छदाछदै उपाध्यक्ष नाथले प्रतिसोध साँध्न त्यस्तो गरिरहेको प्रवन्धक बडवालले बताए । ‘पावरमा आईहाले पहिले पनि त्यस्तो गरेका हुन्, अहिले पनि डिपो खारेज गर्ने निर्णय ग¥यो भन्ने हल्ला छ ।’प्रवन्धक वडवालले जानकारी दिइन। 
यसबारे बुझ्दा पालिका उपाध्यक्ष नाथले खासै प्रतिक्रिया दिईनन् । उनले आफु नियमाअनुसार जाने कुरा गरे। सहकारीलाई डिपो खारेज गर्ने निर्णय भएको वा नभएकोबारे उनले बताएन चाहेनन् । उनले भनिन्, ‘हामीले छलफल गरेका हौ, कारवाही नियमाअनुसार हुन्छ, निर्णय लेखे नलेखेको मलाई थाहा छैन, कर्मचारीलाई थाहा होला ।’ यसबारे बुझ्न कायालय प्रमुख तथा न्यायीक समितिका सदस्य सचिव पदमराज जोशीलाई सम्पर्क गर्दा फोन उठेन । 
बेलडाँडीका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै भनाभन, उपस्थितिमै हस्ताक्षर नगरि फर्कीए अध्यक्ष राना 
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथबीच बेल्डाँडी महिला साना कृषि सहकारी संस्थामाथि कारवाही गर्ने विषयमा मतभेद भएर बैठकमा भनाभन भएको छ । सहकारी संस्थाबाट बेलडाँडी बाहिरका दुई जनाले ५ बोरा मलखाद लग्न खेजेपिछ उपाध्यक्ष नाथले सहकारीमाथि कारवाहीका लागि सोमबार बैठक राखेकी हुन् । बैठकमा अध्यक्ष रानालाई आमन्त्रित गरिएको थियो ।
बैठकमा उपाध्यक्ष नाथले कारवाहीको निर्णय गर्ने प्रस्ताव राखेपछि उपाध्यक्ष नाथले आफ्नो क्षेत्राधिकार पर्ने भएकाले हस्तक्षेप गर्न नहुने बताएपछि दुबै जनाबीच विवाद भएर भनाभनसम्म पुगेको हो । बैठकमा अध्यक्ष रानाले सानातिना विषयलाई लिएर कारवाही गर्दा भोलि समस्या हुने भएको भन्दै निर्णय गर्न नहुने बताएका थिए ।
अध्यक्षको भनाईपछि आक्रोशित बनेकी उपाध्यक्ष नाथले अध्यक्षलाई आमन्त्रित सदस्यका रुपमा बोलाइएको र सहकारीलाई कारवाही गर्ने अधिकार आफ्नो भएकाले निर्णय गर्ने बताएकी थिइन् । उपाध्यक्षले निर्णय गरी छाड्ने बताएपछि अध्यक्ष राना बैठक छाडेर बाहिरिएका थिए ।
‘अध्यक्षज्यू यो विषय ठूलो होइन, कारवाही गर्न हुन्न भन्ने पक्षमा देखिनु भयो, उपाध्यक्षले मान्नु भएन’ बैठकमा सहभागी मलखाद समितिका एक सदस्यले भने,‘त्यसपछि भनाभन भएर अध्यक्षज्यू माइन्युटमा हस्ताक्षर नगरी बाहिर जानु भयो ।’
बेदकोट नगरपालिकाका दुई जनाले केही दिन अघि बेलडाँडीका स्थानीय भएको बताउँदै मलखाद लिएपछि उपाध्यक्ष नाथले सहकारीमाथि कारवाही प्रक्रिया अघि बढाएकी थिइन् । उनी गाउँपालिका स्तरीय मलखाद समितिकी संयोजक समेत हुन । समितिको संयोजकको हैसितमा उनले प्रमुख प्रशासकीय अधिकृत मार्फत सहकारीलाई तीन दिने स्पष्टीकरण सोध्न लगाएकी थिइन् ।

उपाध्यक्ष आफैं भने स्पष्टीकरण नसोधेर सहकारीलाई कारवाही गर्ने पक्षमा देखिएकी थिइन् । गाउँपालिकाले सोधेको स्पष्टीकरणको जवाफ आएपछि उपाध्यक्ष नाथले सोमबार बैठक गरी सहकारीको मलखादको डिपो राख्न नदिने निर्णय गरी कारवाही गरेको सा्रेतको दावी छ । यो निर्णय आधिकारिक रुपमा बाहिर आएको छैन । बैठकमा सहभागीका अनुसार मंगलबारसम्म सहकारीलाई निर्णय पठाउने छलफल गरिएको छ ।
सहकारीबाट बेलडाँडी ५ का स्थानीय बनेर मलखाद लिने बेदकोटका दुई जनालाई नियन्त्रणमा लिएर मलखाद नियन्त्रणमा लिइएको थियो । मलखाद ल्याउने दुई जनालाई केही समय हिरासतमा राखेर छाडिएको थियो । गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले भने, ‘बैठकमा त गएको थिए काम परेपछि निस्केको हो, निर्णय भएको कुरा थाहा छैन तर कार्यपालिकामा आयो भने स्वविवेकले उचित निर्णय गर्छु ।’ उनले थपे, ‘मैले बैठकको उपस्थितिमा पनि हस्ताक्षर गरेको छैन, निर्णय त परको कुरा हो ।’ निर्णयबारे उपाध्यक्ष नाथलाई प्रतिक्रिया लिँदा पालिका अध्यक्षसंग सल्लाह गरेर भन्छु भने पनि उनले पछि खासै प्रतिक्रिया दिईनन् । 



प्रतिकृया दिनुहोस