रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

ड्रागन खेतीले फल दिन थालेपछि व्यवसायी हर्षित

बुधबार २५, साउन २०७९ ०७:४८    गणेश जोशी



ड्रागन खेतीले फल दिन थालेपछि व्यवसायी हर्षित

महेन्द्रनगर : नौलो तथा मिठो फल ड्रागन खेतीले फल दिन थालेपछि व्यवसायी हर्षित भएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उहाँहरु खुशी देखिएका हुन् ।  २०७७ साल भदौ ११ मा लगाईएको बिरुवाले फल दिन थालेको व्यवसायी पुर्व बन अधिकृत तथा वेष्टर्न मल्टि एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रमेश चन्दले बताए । उनले भने, ‘हामी व्यवसायमा सफल भएका छौ, ड्रागनले फल दिन थालेको छ ।’ नौलो व्यवसाय भएकोले कस्तो हुन्छ भन्ने चिन्ता लिएका उहाँले फल लागेपछि हर्षित भएको बताए । 


कञ्चनपुरको भिमदत्त नगरपालिका–९ मटैनामा करिब साढे चार करोडको लगानीमा ड्रागन खेती शुरु गरिएको हो । नेपालका लागि नौलो व्यवसायका रुपमा परिचित ड्रागन फलको सुदूरपश्चिम प्रदेशमा ठुलो परिणाममा पहिलो पटक कञ्चनपुरमा सञ्चार उद्यमी ज्ञानेन्द्र महता र पुर्व बन अधिकृत रमेश चन्दको संयुक्त लगानीमा खेतिको शुरुवात गरिएको हो । 
वेष्टर्न मल्टि एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालिले नेपालमै पहिलो पटक एकै ठाउँमा ६ बिगाह क्षेत्रफलमा २४ हजार बिरुवा रोपेर खेति शुरु गरेको थियो । सिउँडी प्रजातिको उक्त ड्रागन खेतिको शुरुवात कोरोना कहरका बिच शुरु गरिएको हो । कोरोनाको बिचमा बढ्दो बेरोजगारीलाई मध्यनजर गरेर स्थानिय स्तरमै रोजगारी स्थापना गर्न ड्रागन फलको व्यवसाय शुरु गरिएको लगानीकर्ता प्रालिका प्रवन्ध निर्देशक ज्ञानेन्द्र महताले बताए । 
यस्तै अर्का लगानीकर्ता तथा प्रालिका अध्यक्ष चन्दले सेवा निबृत भएपछि आफुले अनुभव भएको खेति गर्ने उद्देश्यले ड्रागन खेति रोजेको बताए । उनले भने, ‘म संग भएको अनुभवका आधारमा युवाहरुलाई रोजगारी दिने उदेश्यले ड्रागनको खेती गरिएको हो, यस फलको बिदेशतिर धेरै माग छ ।’ उनले थपे, ‘हामीले बन्दाबन्दीकै बिचमा योजना बनाएर एक सय जनालाई रोजगारी दियौं, सिमेन्टका सात हजार दुई सय पिल्लर बनाउन लगायौ, बाँझो रहने गरेको जग्गा खोजेर सदुपयोग ग¥यौ, अहिले पनि हामीसंग चार जनाले स्थायी रुपमा काम गरिरहेका छन् ।’ 
‘अहिले २५ प्रतिशत उत्पादन शुरु भईसक्यो, हामीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा ३० जनालाई रोजगारी दिएका छौ ।’ प्रालिका प्रवन्ध निर्देशक महताले भने ।  उनले थपे, ‘अबको केही दिनमा प्रत्यक्ष एक सय जनाको रोजगारी सृजना हुने तथा एक बर्षपछि प्रत्यक्ष दुई सय पचास जना तथा अप्रत्यक्ष रुपमा एक हजार व्यक्तिको रोजगारी सृजना हुनेछ ।’ 
एकपटक लगाएपछि २५ बर्षसम्म फल दिने ड्रागन खेती शुरुमा लगानी बढी लाग्ने भएपनि पछि राम्रो फाईदा दिने भएकोले सबैले यसको बारेमा जानेर लाग्नुपर्ने प्रालिका प्रवन्ध निर्देशक महताले बताए । उनले भने, ‘शुरुमा खर्च बढी भएपनि पछि गएर यसले राम्रो फाईदा दिन्छ, पछि लगानी कम हुन्छ ।’
उनले थपे, ‘हालसम्म हामीले करिब साडे चार करोड खर्च गरिसकेका छौ, उत्पादन भएको फल अहिले फर्मबाटै उपभोक्ताले  लैजाने गरेका छन्, अहिले पुगाउनै सकिएको छैन, धेरैमान्छे फर्केर जान्छन् ।’ 
बाँझो तथा केहीपनि खेति गर्न नमिल्ने तर सुख्खा(पानी नजम्ने) जमिनमा यसको खेति गर्न सकिने हुँदा यस खेतितर्फ सबैको ध्यान जानुपर्ने अध्यक्ष चन्दले बताए । उनले भने, ‘बहुउपयोगि फल छ, हामीले भेतनामबाट बिरुवा मगाएका हौं तर अहिले हामीले ५० हजार बिरुवा उत्पादन गरिसकेका छौ, ८० रुपैयाँ देखि ३ हजार रुपैयाँसम्ममा बिक्रि गरिरहेका छौ ।’ 
दुई करोडका बिरुवा उत्पादन गरिएको चन्दले बताए । एक कट्ठा जग्गामा ६० बिरुवा रोप्न सकिने र ६० हजार मासिक आम्दानी हुने चन्दको दावी छ । उनले भने, ‘अहिलेसम्म हामीले २ कुन्टल बढी बिक्री गरिसकेका छौ, पहिलो लट हो, ५ सय ५० रुपैयाँ प्रतिकिलो का दरले बिक्रि गरिहेका छौ । आकर्षक ड्रागन फुड हेर्न धेरै मानिसहरू फार्म पुग्ने गरेका समेत महताले बताए । 
गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रूपमा फल दिने ड्रागन फुड बर्षमा चार लटसम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ । हेर्दै रहरलाग्दो, आर्गानिक तथा मिठो फल ड्रागनको एउटै बोटबाट पनि अरू विरूवाको वृद्धि विकास गर्न सकिन्छ ।


गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइने महताले बताए । उनले भने ‘यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ, कब्जियतको दोष ठीक पार्छ,  ।’ जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ ।
अध्यक्ष चन्दले भने, ‘यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ, फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ,  यसको सुकेको फूलको स्पेसल चिया बन्छ ।’
योजना सम्पन्न गर्न हालसम्म भिमदत्त नगरपालिकाले सोलार र थोपा सिचाईमा पाँच लाख तथा सुदूरपश्चिम प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि ज्ञान केन्द्र कञ्चनपुरले ३० लाख रकम अनुदान दिएको र बाँकी लगानी बैंकबाट ऋण लिएर गरेको निर्देशक महताले बताए । 
 



प्रतिकृया दिनुहोस