बुधबार ०८, भदौ २०७९ ०३:५९ गोकुल निरौला
गोकुल निरौला :
इतिहास भनेको मानव समाजका सामाजिक, राजनीतिक, आर्थिक, अन्य घटना संग सम्बन्धित तथा समयक्रममा तिनमा भएका परिवर्तन सिलसिलाको अध्ययन हो । समाजमा रहेका वर्ग, जाति, धर्म, साहित्य, कला, संस्कृति, भूगोल, दर्शन, खेलकुदलगायत हरेक कुराको आफ्नो इतिहास हुन्छ । यही अर्थमा विभिन्न दार्शनिकले इतिहासको व्याख्या गरेका छन् । मैले पनि खुव पढे ईतिहास बर्षै पिछे दिए इस्कुलमा कलास फष्ट हुने परीक्षा । तर म कहिलै कलास फष्ट हुन सकेन ।
ईतिहास पढ्दै गर्दा कवि हरिभक्त कटुवालले लेखेको कबिताको खुब याद आउछ । कवि कटुवालका कविताका हरफहरु सापटी लिँदा कुनै दिन मलाई पाठसाला गएर सिकाएका बिरताका गाथामा गएर ठोकीने गर्दछु । कबि कटुवाल हाम्रो साझमा हुनुहुन्न । हामी संगै भैदेको भए म भुई मान्छेलाई हप्काउथे होलान् । उहाँ भन्नुहुन्थ्यो होला मेरो कबिताको बारेमा किन यति बिघ्न अनाहास लेख्ने प्रयास गरीस, त पटमुर्ख छस, त मनुवा हैनस, त भुईमान्छे छस ।
मलाई यस्तै सब्दले गिज्याउथे होलान र मलाई मानहानि र प्रतिलिपी अधिकारको मुद्दा लगाउथे होलान । उहाँ हामी माझ नभए पनि मैले सरकार संग आग्रहनै गरेर भन्छु सरकार मलाई कपिराईट अथवा प्रतिलिपी अधिकारको मुद्दा लगाउने प्रयास नगरीयोस । म एक र्निदोस भुई मान्छे हुँ । म कटुवालका कबिता आजकाल पहिलेका भन्दा धेरै ने सुन्ने गर्दछ । हुनत कवि कटुवालका कबिता मात्र सुन्दैन जेपि टुहुरे देखि बद्रि पंगेनि हुदै पशुपति शर्माका गित पनि सुन्छु । कवि कटुवालले धेरै कविता लेखेका छन । उनले लेखेका कबिता मध्ये केहि कबिताका हरफ निम्नअनुसार छन ।
मनत फलामकै भए असल हुन्छ ।
न घात प्रतिघातमा रुन्छ,
नत सयपत्री र बाबरीले बाटो थुन्छ ।
मनत फलामकै भए असल हुन्छ ।
अर्को कबिता छ यो कबिताले देशको ईतिहास सम्झाउन । पुराना विरताका गाथा सुनेर बहुलठठीएका हरुलाई झस्काउने काम गरेको हुन्छ र यो कविताले कुरा होईन कोदालो चाहिन्छ भनेर सम्झाएको पनी छ । यो कबिताका हरफहरु निम्म अनुसार छन ।
बा पाठसाला जान्न म ,
ईतिहास पढाईन्छ त्या मरेका दिन हरुको ।
खिया लागेका कलका पुर्जाहरु जस्तै
गणितका सुत्रहरु पनि साह्रै पुराना भैसके ।
रहर छैन मलाई बाँचि दिने केवल ईतिहासका पानाहरुमा ।
मैलेत बाच्नु पर्छ आउने दिनहरुमा ईतिहासको गतिलाई उछिनिरेर ।
ईतिहास भन्दा अरु केही भएर त्यसैले बा पाठसाला जान्न म ।
म पनि आज कटुवालका कबिता लाई साँची राखेर भन्छु मेरा बा लाई आग्रह गर्दछु , बा पाठसाला जान्न म । मैले सिकेको पाठसालामा गणीतका खिया लागेका सुत्र पढाईयो र ईतिहासका पुराना पाना पढाईयो । अहिले न त हरिभक्त कटुवाल हामी माझ छन न त मलाई ईतिहास पढाउने गुरु जिउदाँ छन । देशको ईतिहास पढेर सुनेर रमाउन जानेकाहरुले हामी इतिहासमा सबैभन्दा अगाडि भएपनि बिकासको क्रममा किन पछाडि पर्यौ भनेर कहिलै मनन् गरिएन । एक्कै छिन बिदेशी ईतिहाँस हेरौ । अगस्त ६ सन १९९५ मा अर्थात आज भन्दा ७७ बर्ष अगाडि अरेमिकाले जापानका दुई सहर हिरोशिमा र नागासाकिमा बम खसाले पछि त्यसले द्वितीय विश्वयुद्ध समाप्तितिर मोडिएको थियो । जापानका दुई ठुला सहरमा तहस नहस भएको बेला नेपालमा प्रजातन्त्र स्थपना भइसकेको थियो ।
देशमा १०४ बर्षे राणाशासनको समाप्ति भइसकेको थियो । हिरोशिमा नागासाकिमा परमाणु बम विस्फोटपछि ध्वस्त भएको सहरमा परमाणु बमले कतिको मृत्यु भयो भन्ने तथ्याङ्क अनुमान मात्रै हो । तर हिरोशिमाका ३५०,००० जनसङ्ख्यामध्ये १४०,००० र नागासाकीमा कम्तीमा ७४,००० मानिस मरेको भन्ने अहिले हामी ईतिहास पढिरहेका छौ । आज नेपाली बिद्यार्थी जापान जानकै लागि कसरत गरिरहेका छन । भारत ब्रिटिस सामराज्य बाट स्वतन्त्र हुनु भन्दा पहिले नेपालमा अस्पताल र बिद्यालय संचालनमा आइसकेका थिए ।
अब एसियाकै दोस्रो जलविद्युत आयोजनाको कुरागरौ । विसं १९६८ मा निर्माण गरिएको जलविद्युत आयोजना चन्द्रज्योति विद्युत गृह एशियाको दोस्रो र नेपालकै पहिलो हो । नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक हो वीर अस्पतात । यो अस्पताल वि.सं. १९४७ (सन् १८८९)मा बीरशम्शेर द्वारा स्थापित गरिएको थियो त्यसैले यसलाई वीर अस्पताल भनिएको हो । वीर अस्पतात स्थापना गर्दा भारत स्वतन्त्र हुन सकेको थिएन । वीर अस्पतात स्थापना भए एक सताप्दि नाग्यो भने भारत स्वतन्त्र भएको जम्मा ७५ बर्ष (सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो ) नाघेको छ । तर पनि भारतले आफ्नो स्वतन्त्रता दिवस तथा अन्य अवसर पारेर भारतले नेपाललाई पनि विभिन्न सहयोग गर्दै आएको छ ।
भारतले नेपाललाई पूर्वाधार निर्माण तथा सांस्कृतिक सम्पदाको पुनर्निमाणमा सहयोग गरेको छ । यति मात्र होइन बर्सेनि एम्बुलेन्स दिन्छ तर नेपालका गाउँ–गाँउमा एम्बुलेन्स नभएरै सुत्केसि हुन नसकेर महिलाले ज्यान गुमाएको समाचार आइरहन्छन । नेपाल सरकारले ईतिहास पढ्दै दान थापिरहेको छ । हाल चर्चामा आउदै गरेको सुरुङमार्ग नेपालमा विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन सुरु गरेका थिए । एसियाली मुलुकहरुमा सुरुङमार्गको चर्चा हुँदैगर्दा, जलविद्युत उत्पादन एकाध मुलुकमा हुँदा नेपालमा ती दुबैको काम समपन्न भैसकेको थियो । सुरुङमार्ग र जलविद्युत उत्पादन नेपालमा सय वर्षअघि नै भए पनि आज भने नेपालको भौतिक पूर्वाधार विकासको गति कमजोर छ ।
दक्षिण एशियाकै मानव निर्मित यातायात प्रयोजनको पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्छ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्ली जङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो । हाल यो मार्गको २८० मिटरमात्र बाँकी रहेको जनाइएको छ । यो सुरुङमार्ग ९ फिट चौंडा र १० फिट अग्लो छ । नेपालका छ सय भन्दा बढि नदिनाला छन । आज सम्म बिजुलि प्रसस्त मात्रामा उत्पादन गर्न सकेको छैन । भन्नाले एक आध सहर बाहेक गाउमा बिजुलि पुगेको छैन । तर विसं १९७८ मा निर्माण शुरु गरिएको सुन्दरीजल विद्युत गृह नेपालको दोस्रो जलविद्युत आयोजना हो । यहाँबाट विसं १९९१ देखि जलविद्युत उत्पादन शुरु भएको थियो ।
सरकारकै स्रोतमा निर्माण भएको भने यो पहिलो आयोजना हो । यहाँबाट ६४० किलोवाट विद्युत उत्पादन भएको छ । यस्ता थुप्रै आयोजनाहरु छन्, जुन प्रजातन्त्र पञ्चाएति व्यबस्था सुधारिएको प्रजातन्त्र र हालको गणतन्त्रले बनाउन सकेको छैन । जस्तै पृथबि राजमार्ज र पुर्व पश्चिम राजमार्ग । बिकास र पुर्वधारको कुरा गर्ने हो भने पञ्चाएति शासनकालमा नभएको होइन । ट्रलि बस, बासबारि जुत्ता, चुरोट कारखाना, कपडा कारखाना ,रोप्वे लगाएतका बिकासका आयोजना धमाधम बन्द गराएर नेपाल आयात गर्नमा ब्यस्त भएको देखियो ।
केही बर्षपछि केपि ओलि सरकारले सम्बृद्ध नेपाल खुसि नेपाली नारा लगायो । पोलपोलमा प्रधानमन्त्रिको फोटो टासेर नयाँ युग सुरु भएको घोषणा गर्यो । तर नेपाली जनताहरु लेवरि गर्नकै लागि खाडिमुलुक जान बाध्य बनाइरह्यो । देश लाई समृद्ध बनाउने हो भने बिकास चुनाबि नारामा मात्र सिमित नगर्नेहो भने पुराना बिकासका पुर्वधारहरुलाइ नयाँ ढाचामा अगाडि बढाउन जरुरि छ । देश बाट युवा जनसक्ति निर्यात गर्ने होइन खाद्यान्न र फलफुल निर्यात गर्ने योजना ल्याउनु जरुरि हुन्छ । निर्वाचनको बेला मात्र नयाँ बिकासका योजना ल्याउने तर लागू कहिलै नहुने हो भने फेरि कवि कटुवालले भने जस्तो मन त ढुङगाकै भए असल हुन्छ भन्दै नेपाली युवा हरुले छाक टार्नकै लागि बिदेश जान बाध्यहुने छन ।
अब भावि पुस्तालाइ इतिहासमा मात्र बिकास पचाउनु भन्दा सीप बिकासको नयाँ योजना ल्याउने कि ? नेपालका राजनेताको नियति र कार्ययोजना देखेर भनेका हुनकि कवि कटुलले मन त ढुङगाकै भए असल हुन्छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.