भदौ १५ गते महेन्द्रनगरमा एमालेको जनसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

शनिबार ११, भदौ २०७९ १०:५२    पश्चिमनेपाल न्यज डट कम



भदौ १५ गते महेन्द्रनगरमा एमालेको जनसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार महेन्द्रनगर आउने भएका छन् ।
विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली महेन्द्रनगर आउने भएका छन् ।
नेकपा एमाले कञ्चनपुरले शनिवार जिल्ला कमिटी बैठक गरेर स्मारक चोकमा दिउँसो १२ बजे हुने कार्यक्रमको तयारी थालेको छ । बैठकले अध्यक्ष सुरेन्द्र विष्टको संयोजकत्वमा मूल परिचालन समिति गठन गरेको छ ।
मूल समितिमा जिल्ला कमिटीका सबै, जिल्ला सल्लाहकार परिषद्का सबै, नगर कमिटीका पदाधिकारी सबै, जनसंगठनका केन्द्रीय सदस्य र जिल्ला पदाधिकारी सबै सदस्य राखिएका छन् ।
उपाध्यक्ष लक्ष्मी बुढाको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति गठन गरिएको छ । उपसमितिको सहसंयोजकमा विष्णु कंडेल र सदस्यहरूमा जनक अवस्थी, अक्कलबहादुर विष्ट, शंकर जोशी, ओम बस्नेत, कमल रोकाया, जगतबल्लभ जोशी, पार्वती जोशी रहेका छन् ।
सचिव पल्लबराज भट्टको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा सागर जोशी, गणेश भट्ट, धर्मा रोकाया, लक्ष्मण तिवारी, गणेशसिंह ऐरी, नरेन्द्र कार्की, अर्जुनबहादुर सिंह र लक्ष्मी शर्मा रहेका छन् ।
उपसचिव कर्णबहादुर चन्दको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिका सदस्यमा परमानन्द जोशी, भीम साहु, कमला देवकोटा, गगन खत्री, नरेश सिंह, हरिश बोगटी, केशव चन्द, हिमाल चन्द छन् ।
उपसचिव फैरु तामाङको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमति गठन गरिएको छ । सदस्यहरूमा रविन्द्र देवकोटा, धिरेन्द्र कठायत, अर्जुन भट्ट, मञ्जु सिंह, खेमराज जोशी, नितेश रावल, प्रशान्त भट्ट, नमराज शाही रहेका छन् ।
बैठकले पार्टीबाट विभाजित भई एकीकृत समाजवादीतिर लागेका कञ्चनपुर जिल्लाका सम्पूर्ण नेता, कार्यकर्तालाई नेपाली वामपन्थी आन्दोलनको मूल धार नेकपा एमालेमा फर्किन आह्वान गर्ने निर्णय गरेको सचिव पल्लबराज भट्टले जानकारी दिए ।
बैठकले शान्तिपूर्ण संघर्षबाटै आन्दोलनको उद्देश्य प्राप्ति गर्नुपर्ने पुष्टि भइसकेकाले विभिन्न कम्युनिष्ट धारमा विभाजित भई नेपालको कम्युनिष्ट आन्दोलन बलियो नहुने हुँदा माओवादी केन्द्र लगायत अन्य पार्टीमा रहेका नेता, कार्यकर्तालाई पनि नेपाली वामपन्थी आन्दोलनको मूल धार नेकपा एमालेमै गोलबद्ध हुन आह्वान गर्ने निर्णय गरिएको जनाइएको छ ।
बैठकले जनसभामा सहभागिता र सहयोगका लागि बुद्धिजीवी, उद्योगी, व्यवसायी, पेशाकर्मी, नागरिक समाज लगायत आमजनसमुदायलाई हार्दिक अपिल गर्ने निर्णय समेत गरेको छ ।



प्रतिकृया दिनुहोस