गार्डेन मार्टले मनायो स्थापना दिवस

महिलालाई बिशेष छुट, रक्तदान कार्यक्रम सम्पन्न

आइतबार १२, भदौ २०७९ ०१:२१    आस्था जोशी



महिलालाई बिशेष छुट, रक्तदान कार्यक्रम सम्पन्न

महेन्द्रनगर : शिव शिखर सहकारीद्धारा सञ्चालित गार्डेन मार्टले महेन्द्रनगरमा शाखा खोलेको एक बर्ष पुगेको उपलक्ष्यमा स्थापना दिवस आज मनाएको छ । सो अवसरमा मार्टले तिज बिशेष कार्यक्रम राख्दै महिलाहरुलाई सामान खरिदमा बिशेष छुटको व्यवस्था गरेको मार्टका सुदुरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले बताए । उनले भने,‘हामीले महेन्द्रनगरमा सेवा शुरु गरेको दिनका साथै तिजलाई समेत लक्षित गरेको महिलाहरुलाई छुटको व्यवस्था गरेका छौ, यो आज मात्रै लागु हुन्छ ।’ यस अघि समेत मार्टले विभिन्न समयमा यस्ता प्याकेजहरु ल्याउँदै आएको छ । 

रक्तदान कार्यक्रम सम्पन्न


मार्टले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । मार्टमै गरिएको उक्त रक्तदान कार्यक्रममा प्रदेश प्रमुख जोशी सहित २० जनाले रक्तदान गरेको मार्टले जनाएको छ । प्रदेश प्रमुख जोशीले भने,‘हामीले सामाजिक कार्यहरुमा पनि सहभागिता जनाउँदै आएका छौ, सहकारीले चलाएको गार्डेनमार्ट नाफमुलक भन्दापनि सेवामुलक छ, सेवा दिने उदेश्यले मार्टको स्थापना गरेका हौ ।’
 



प्रतिकृया दिनुहोस