फेरि पार्टि बदलौकि कामरेड !

आइतबार १९, भदौ २०७९ ११:३१    गोकुल निरौला



फेरि पार्टि बदलौकि कामरेड !

    प्रिय कामरेड लाल अभिवादन । हजुर संन्चै हुनुहुन्छ होला ।  खवर सुने हजुर लाइ सन्चै भएपनि हालत ठिकठाक छैन भन्ने कुरा ।  हुनत कामरेडको हालत सोध खोज गर्ने मेरो हैसियत अब  रहेन  तर पनि कता कता हजुरको हातल ठिकठाक छैन भन्ने खवर सुन्दा मेरो देह डगमग हुन्छ । मेरो हालतको त कामरेडलाइ खवर सम्म छैन होला । मेरो खवर सुनावस पनि कस्ले , भो कामरेड सुने पनि नसुनेझै गर्नु होला एक अनागरिक भुइमान्छेको हालत सुन्ने हजुरलाइ फुर्सद नभएको बेला यस्ता नाथे गन्थन के लेखौ । कामरेड तिमिले घर बदलेछौ, ठाउँठेगाना बदलेछौ, पहिरन खानपिन सप्पै बदलेछौ ।  खुसि लाग्छ कामरेड हरुको जीवन शैली बलदिएको देख्दा र सुन्दा । योपनि सुन्दै छु हामिले लेक बेसि गरे जस्तै हिउदमा बेसि तिर र बर्खामा लेख तिर गाई भैसि भेडाबार्खा सारे जस्तै तिमी सिद्धान्त र पार्टि बदल्दै छौ अरे । 
कामरेड हाम्रो त बाध्यता हो, हजुरको के हो ? पढ्दा हिजो जस्तै लाग्छ बिपि कोइरालाले नेपाली काँग्रेस स्थापना गरेको । आजै जस्तो लाग्छ पुस्पलालले कम्युनिष्ट पार्टिको स्थापना गरेको । कामरेड हामिले वाद र सिद्धान्त ठिक छैन भन्दै ओल्लो घर पल्लोघर चाहार्यौ । एक किलो चिनि किन्न सिमापारि गयौ र आफ्नो देशमा चिनि उत्पादन नगरि महंगो भएको गुनासो  ग¥यौ । पृय कामरेड यो देशमा २००७ साल देखि आजसम्म हेर्ने हो भने  मन्त्रिमण्डल गठन, पुर्नगठन, अन्तरिम सरकार, ज्ञानेन्द्रको सासनकाल देखि खिलराज रेग्मिको शासन कालसम्म गन्दै जादा ५१ पटक सरकार हेरफेर गरिएछ । तिमी जस्तै मालिकहरुले फेरिफेरि प्रधानमन्त्री, मन्त्री हुने अवसर पायो र भएपनि ।  
कामरेड पहिलेको कुरा छोडौ हिजो अस्तिकै कुरा गर्नुहास् । हामिलेनै बलिदानि गरेर ल्याएको गणतन्त्र स्थापना पछि १२ पटक सरकार सरकार फेरिए हामी भुइमान्छेको अवस्था फेरिएन । गन्ति गर्नुहोस्, गणतन्त्र स्थापना भएको छ जम्मा १५ बर्ष त बितेछन आफै सोच्नुस त कामरेड १५ बर्षमा १२ ओटा सरकार । अब तपाइनै भन्नुस म के गरु ? इतिहासको कुरा गर्ने हो भने नेपालमा राणासाशन पछि उत्पति भएको पार्टि भनेको नेपाली काँग्रेस हो जो राष्ट्रिय काँग्रेस र नेपाली काँग्रेस निलेर नेपाली काँग्रेस भएको थियो । त्यो नेपाली काँग्रेसको सिद्धान्त मान्ने नेताले पार्टि अलग गरेर हाल सम्म दर्जन भन्दा वढि पार्टि भइसकेका छन । त्यसपछि जन्मेको पार्टि नेपाल कम्युनिष्ट पार्टिहो । जो जुट र फुटको ईतिहास हेर्नेहो भने जो तिरहत्तर बर्षको अवधिमा नेताहरुले एकहत्तर पटक  फुट र जुटको सिद्धान्त  लागुगरिसकेका छन । नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै विवादका बीच भएको थियो । २००६ सालमा पार्टी स्थापना हुँदा विवादको केन्द्रमा पुष्पलाल नै थिए । उनले माक्सवादको अध्ययन र प्रचारमा लागेका ‘मित्रहरु’लाई नजरअन्दाज गरेर पार्टी खोलेका थिए । 
ईतिहास हेर्दै जानेहो भने पुस्पलाल र बिपि  एउटै पार्टिका सदस्य भएको भेटिन्छ । भारतको कलकत्तामा रहेका पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिइ माक्सवादको अध्ययनमा जुटेका थिए । उनले २३ चैत २००५ मा ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरे । यो नेपालीमा प्रकाशित पहिलो माक्सवादी रचना थियो । 
उता केशरजंग रायमाझी अध्ययनरत क्यम्पवेल मेडिकल स्कुलमा केही युवाले ‘माक््ससिस्ट स्टडी सर्कल’ गठन गरे । पछि यो संस्थामा रायमाझीसहित भारतमा अध्ययनरत अधिकांश नेपाली युवा आबद्ध हुन थाले । तीमध्ये एक जना बनारसमा अध्ययनरत मनमोहन अधिकारी पनि थिए । रायमाझी र अधिकारी भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा समेत थिए । ‘ माक््ससिस्ट स्टडी सर्कल’ मा पुष्पलालसहित हिक्मतसिंह भण्डारी, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्की जस्ता युवा संलग्न भए । 
२००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भयो । नेपाल कम्युनिष्ट पार्टिका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य,  निरञ्जन गोविन्द वैद्य, नारायण विलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए । यिनै ५ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टी जबजब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो । 
स्थापना कालदेखि हालसम्म  ७४ वर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७२ पटक नै फुट्यो  र जुट्यो पनि । स्थापनाको ४ वर्षपछि २०१० मा  पार्टीको पहिलो महाधिवेशन भयो, महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए । २०१४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । उनी सुरूदेखि नै राजालाई मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए । उनकै कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजन भयो । 
कामरेड हामिले टुटफुट पछि ०३६ सालमा मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोलेको पनि भुल्नु हुदैन । हामिले यो पनि भुलेका छैनौ कामरेड २०३५ साल साउनमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन पछि उनको पार्टीलाई बलराम उपाध्याय र साहना प्रधानले चलाए । पछि  २०४३ सालमा  मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी) बनेको कुरा । कामरेड हामिले यो पनि भुलेका छैनौ महाकालि संन्धि गर्दा २०५४ सालमा बामदेवले अलग पार्टि स्थापना गरेको कुरा । नेपालको जेठो पार्टिको अवस्था पनि ठिक ठाक थिएन । स्थापना कालदेखिनै बिवादमा आएको काँग्रेस अन्तत चिरा परेरै छाड्यो । नेपाली काँग्रेस बाट  प्रजातन्त्रिक काँग्रेस भनेर शेरवहादुर देउवाले चलाए भने नेपाली काँग्रेस भनेर गिरिजाबाबुले चलाएका थिए । 
वि.स. २०५९ मा बानेश्वरमा आफू पक्षीय कार्यकताको भेला गरेर नयाँ पार्टी नेपाली कांँग्रेस (प्रजातान्त्रिक) गठनको घोषणा गरे । पछि प्रजातान्त्रिक काँग्रेस नेपाली काँग्रेसमा बिलय भएपछि प्रजातान्त्रिक काँग्रेसका सभापति अर्थात हालका नेपालका पाँचौपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवानै हुन जस्लाइ राजा बिरेन्द्रको हत्या पछि प्रधानमन्त्री बनाएपनि असक्षम भनेर हटाइएका थिए । राजा ज्ञानेन्द्र जे जस्ता भएपनि दुरदर्सि थिए भन्नेकुरा देउबालाइ असक्षम भनेर निकालेको घटनाले प्रमाणित गर्दछ ।  
कामरेड मोहनबिक्रम सिह, मोहन बैद्ध ,सिपि मैनालि पनि जिउदै छन । झन अहिलेका फाटफुट कम्युनिस्टका अध्यक्षको कुरै नगरौ । २०६२÷०६३ को जनआन्दोलनपछि जनयुद्ध छोडेर माओवादी पनि एमाले र कांग्रेससँगै लोकतान्त्रिक संसदीय व्यवस्थामा आइपुग्यो । २०६४ को पहिलो संविधान सभा चुनाव लड्यो । यसबीच नारायणकाजी श्रेष्ठको एकता केन्द्र माओवादीमा मिल्न आयो । जनयुद्ध पछि माओवादीको काट्टो खान पुगेका नारायण काजि हाल प्रचण्डको बिश्वासिलो पात्र भइ माओवादी केन्द्रको ठुलो नेता भएका छन भने  मोहन वैद्य  र नेत्रविक्रम चन्द फुटेर दुईटा छुट्टाछुट्टै पार्टी खोलेका छन  । 
मधेसवादि दलसंग मिलेर बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन नै छोडे केहिदिन पहिले मात्रै भट्टराइ फेरि प्रचण्डसंग नजिक हुन पुगेका छन । पत्रकारिता छोडेर राजनितिमा आएका रबिन्द्र मिश्र कुहिरो भित्रको काग भए । अब पालो संचारकर्मी रबिलामिछानेको ।  दलिए ब्यवस्था सुरु भएको असि बर्ष नपुग्दै सय भन्दा बढी दल जन्मिएर हामिले केपायौ र तिम्रो जिवनस्तर कति परिवर्तन भयो कामरेड एकपटक सोचौन । 
कुनै बेला दक्षिण कोरियामा चामल अनुदानमा पठाउने नेपाललाई अहिले मजदुर पठाउने बाध्यता कसरी भयो ? बिश्वका धेरै देश जो हामी सक्षम हुँदा उनिहरु आफ्नो पहिचान खोजिरहेका थिए अहिले तिनीहरुनै हाम्रा अन्नदाता अहिले कसरी बन्न सके ? कामरेड  तिमी कतै लेन्डुप त भइरहेका छैनौ ? कामरेड देशलाइ कागजी खोस्टाको मान्यता भन्दा सिपको मान्यता ठुलोहो भन्ने कुरा कहिले सिकाउछौ ?  कि काँग्रेसको हतियार काण्ड देखि एमालेको झापा काण्ड हुँदै माओवादीको दशबर्षे काण्डको ईतिहास पढाउदै झगडा गराइ रहने योजना बनाउदैछौ ?  
फेरि आउदो मंसिरमा देश निर्वाचनमय हुँदैछ । हामिले नयाँ संसद, मन्त्रि, प्रधान मन्त्रि पाउनेछौ । नयाँ त के भनौ पुरानो करुवालाइ खरानिले मस्काएर नयाँ वा चम्किलो बनाउन खोज्दैछौ । अब त केही सोच्नुपर्ने बेला आएको छ । कामरेड पढ्न बिदेश, खान बिदेश, औषधिमुलो बिदेश , गरेर हामी के मा अध्ययन गरिरहेका छौ । नेपालका बिश्वबिद्यालयको काम के मजदुर मात्र उत्पादन गरिरहेको छ त ? 
कामरेड तिम्रा शैक्षिक सुधार कार्यक्रम कहाँगए , गाउफर्क अभियान कहाँ हराए । पृय कामरेड  ठुलो ईतिहास बोकेको सानो देश तिमी लुटिरहेका छौ म तिमिले भनेअनुसार होस्टेमा हैसे गरिरहेको छु । केही परिवर्तनको लागि भनेर  असि बर्ष नपुग्दै सय भन्दा बढि दल बदलेको म अझै दल बदलौकि ?



प्रतिकृया दिनुहोस