रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    
काँग्रेस कञ्चनपुरले गर्‍यो उम्मेदवारी सिफारिस

सर्वसम्मत हुन सकेनन् पुर्व मन्त्री लेखक र साउँद

आइतबार १९, भदौ २०७९ ०२:३८    पवन जोशी



सर्वसम्मत हुन सकेनन् पुर्व मन्त्री लेखक  र साउँद

क्षेत्र नं. १ बाट दिवान सिंह बिष्ट तथा क्षेत्र नं. २ बाट बहादुर सिंह थापाको भने एकल नाम सिफारिस भएको छ 

महेन्द्रनगर : नेपाली काँग्रेस कञ्चनपुरले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि तिनै क्षेत्रबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरु सिफरिस गरेको छ । यस संगै नेपाली काँग्रेसका प्रभावसाली नेता, पुर्व मन्त्री तथा केन्द्रीय सदस्यहरु एन. पि. साउँद र रमेश लेखकको निर्विरोध रुपमा एकल नाम सिफारिस हुन सकेन । राजनेता बन्ने र एक दिन देशको बागडोर समाल्ने भन्दै दौडमा रहेका उनिहरुलाई आफ्नै पार्टिका कार्यकर्ताहरुले पत्याएका छैनन् । जुन कुरा आसन्न हुन गईरहेको निर्वाचनको नाम सिफारिसलाई लिन सकिन्छ । 
उनिहरुले आफ्नो नाममा सहमति गर्न नसकेका मात्र होईन एकै क्षेत्रबाट चुनाउ लड्न दर्जनौ नेता सिफारिस गर्नुले समेत उनिहरुको अलोकप्रियता तथा असक्षमतालाई प्रष्ट पारेको छ । यस अघि ३/४ दिन सहमति गराउन निकै पहल गरिएको भएपनि समय सकिदासम्म पनि नसकिएपछि जिल्लाको राय सहित नाम प्रदेशमा पठाईएको हो । 
यस बिचमा क्षेत्र नं. १ का बाट दिवान सिंह बिष्ट तथा क्षेत्र नं. २ बाट बहादुर सिंह थापाको भने एकल नाम सिफारिस भएको छ । काँग्रेसका क्षेत्रिय समितिहरुबाट आएका नामहरुलाई हु–बहु नै राखेर जिल्ला कार्य समितिको राय सहित प्रदेश समितिमा पठाएको नेपाली काँग्रेस कञ्चनपुरका सचिव भिम भट्टले बताए । उनले भने, ‘हामीले क्षेत्रीय समितिबाट आएका नामहरुसंगै राखेर राय सहित प्रदेश समितिमा पठाएका छौ, प्रदेशले नै निर्णय गर्छ ।’
जसमा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता दिवान बिष्ट र समानुपातिकका लागि नेता कृष्णा देवि गिरीको एकल नाम सर्वसहमतिमा सिफारिस  गरिएको छ । 
यसैगरि क्षेत्र नं. १ को प्रदेशसभा सदस्यका लागि प्रदेश ‘क’ का लागि प्रत्यक्षतर्फ नौ जना र समानुपातिक तर्फ आठ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ पाँच जना र समानुपातिकतर्फ आठ जनाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्यायले बताए ।  
यस्तै कञ्चनपुर क्षेत्र नं. ३ को प्रतिनिधिसभाका लागि प्रत्यक्षमा पुर्व मन्त्री रमेश लेखक र प्रेमबहादुर बिष्टको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधिसभाकै समानुपातिकका लागि ११ जनाको नाम सिफरिस गरिएको छ । यसैगरि प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ १६ जना र समानुपातिक तर्फ २४ जनाको नाम सिफरिस गरिएको छ । क्षेत्र नं. ३ कै प्रदेशसभा ‘ख’ का लागि प्रत्यक्षमा आठ जना र समानुपातिकमा १२ जनाको नाम सिफरिस गरिएको क्षेत्र नं. ३ का क्षेत्रिय सभापति केशब चन्दले बताए । 
यस्तै क्षेत्र नं. २ को प्रतिनिधिसभा प्रत्यक्षतर्फ तिन जना र समानुपातिक तर्फ नौ जनाको नाम सिफरिस गरेको छ । जसमा प्रत्यक्ष तर्फ पुर्व मन्त्री एन.पि. साउँद, काँग्रेस कञ्चनपुरका पुर्व सभापति हरि बोहरा र प्रेम बलायर रहेका छन् । प्रदेशतर्फ भने क्षेत्र नं. २ ‘ख’ मा काँग्रेस कञ्चनपुरका पुर्व सभापति तथा संविधानसभा सदस्य बहादुरसिंह थापा एकल रुपमा सिफरिस भएका छन् भने समानुपातिकतर्फ २१ जनाको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘क’ मा भने १० जना प्रत्यक्षतर्फ र १४ जना समानुपातिकतर्फ सिफारिस गरिएको क्षेत्र नं. २ का क्षेत्रिय सभापति लालबहादुर सिंहले बताए । 



प्रतिकृया दिनुहोस