एमाले क्षेत्र नं. २ को प्रदेश ‘ख’ मा राना सर्वसम्मत सिफारिस

आइतबार १९, भदौ २०७९ ०७:४९    आस्था जोशी



एमाले क्षेत्र नं. २ को प्रदेश ‘ख’ मा राना सर्वसम्मत सिफारिस

महेन्द्रनगर : एमाले कञ्चनपुर क्षेत्र नं. २ को प्रदेशसभा सदस्यका लागि प्रदेश ‘ख’ मा संविधानसभा सदस्य, एमाले केन्द्रिय सदस्य, कञ्चनपुर सह–ईन्चार्ज, नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष तथा पुर्व शिक्षक कृपाराम रानाको एकल नाम  सिफरिस भएको छ । क्षेत्र नं. २ को ‘क’ मा भने आज (आईतबार) सहमति हुन सकेन, ११ जना आकान्छी देखिएपछि  सोमबार बिहान बसेर टुङ्गयाउने गरि स्थगित गरिएको एमालेले जनाएको छ । 
यस्तै प्रतिनिधिसभातर्फ एक महिला र दुई पुरुष सिफारिस गनुपर्ने पार्टिको निति अनुरुप एमाले केन्द्रिय सदस्य र कञ्चनपुर सह–ईन्चाज नर बहादुर धामी, प्रदेश कमिटि सदस्य बचन बहादुर सिंह र जिल्ला कमिटि सदस्य दिलसरा खत्रीलाई सिफारिस गर्ने निर्णय गरिएको एमाले जिल्ला कमिटि उपाध्यक्ष लक्ष्मि बुढाले बताईन । 



प्रतिकृया दिनुहोस