ब्रिक्सटनले पायो ‘बेस्ट बिजनेस स्कूल आँफ द ईयर–२०२२’ अर्वाड

शुक्रबार ०४, कार्तिक २०७९ ०३:५१    नृगबहादुर शाह



ब्रिक्सटनले पायो ‘बेस्ट बिजनेस स्कूल आँफ द ईयर–२०२२’ अर्वाड

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगर स्थित ब्रिक्सटन कलेजकी प्रिन्सिपल निसा भट्ट ‘महिला शैक्षिक नेतृत्व पुरस्कार–२०२२’ बाट सम्मानित भएका छन् । संयुक्त अरब अमीरातको दुबईमा कलेज रिर्डसले आयोजना गरेको नेपाल शैक्षिक अवार्डमा भट्टलाई उक्त पुरस्कार प्रदान गरिएको हो । साथै सोहि समारोहमा ब्रिक्सटन कलेज ‘बेस्ट बिजनेस स्कूल आँफ द ईयर–२०२२’ प्राप्त गर्न सफल भएको छ । 
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बिविए कार्यक्रम सञ्चालनमा छ । कार्यक्रमका प्रमुख अतिथि रहेका दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिफ अली, बिशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमखु मोहम्मद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपती प्रा.डा. दीपक शाक्याले संयुक्त रुपमा अवार्ड वितरण तथा सम्मान गरेका हुन् । 
उक्त कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो । 

  अंग्रेजी माध्यमबाट प्रकाशन हुने अंगेजी मासिक पत्रिका कलेज रिडर्सले उक्त पुरस्कार प्रदान गरेको हो । अवार्ड प्राप्ति पछि प्रिन्सिपल भट्टले यस सफलताको भागि व्यवस्थापन समिति शिक्षक/शिक्षिका, कर्मचारी, अभिभावक र विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् ।   सार्थै उनले अवार्डले हौसला प्रदान गरेको र आगामी दिनहरुमा पनि यस क्षेत्रमा निरन्तर रुपमा आफ्नो योगदान दिइरहने र राष्ट्र निर्माण गर्नको लागि कुशल जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता रहेको भट्टले बताइन् ।



प्रतिकृया दिनुहोस