देशभरीमै पहिलो पटक टिईसियस र सिईएचआरडीका प्रशिक्षकहरुलाई संयुक्त तालिम

सिटिईभिटी सुदूरपश्चिमप्रदेश कार्यालयद्धारा सञ्चालित तालिम सम्पन्न

शुक्रबार ०४, कार्तिक २०७९ ०५:०२    पवन जोशी



सिटिईभिटी सुदूरपश्चिमप्रदेश कार्यालयद्धारा सञ्चालित तालिम सम्पन्न

धनगढी : प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभिटी) को सुदूरपश्चिम प्रदेश कार्यालयद्धारा सञ्चालित प्रशिक्षकहरुलाई संयुक्त रुपमा पहिलो पटक प्रदान गरिएको ‘प्राविधिक तथा व्यवसायीक शिक्षा तालिम दिन योग्य बनाउने’ (Training On Competancy Development Of TVET System ) बिषयक तालिम आज शुक्रबार सम्पन्न भएको छ ।सिटिईभिटी दक्षता परियोजना र प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआईटिआई) बीच भएको सम्झौता अनुसार सिटिईभिटीको सामुदायीक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम(टिईसियस) का प्रशिक्षकहरुबाट ३० जना र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका(सिईएचआरडी) का ३० जना गरि ६० जना प्रशिक्षकहरुलाई उक्त तालिम दिईएको हो । उक्त तालिम दुई चरणमा दिईएको कार्यालयले जनाएको छ । पहिलो चरणमा दुवैतिरबाट  २०७९ असोज २५ देखि २०७९ असोज २९ सम्म १५/१५ जना र दोस्रो चरणमा पनि २०७९ असोज ३१ देखि कार्तिक ४ गतेसम्म १५/१५ जना गरि तालिम दिईएको सिटिईभिटी सुदूरपश्चिम कार्यालयका प्रोग्राम कोर्डिनेटर जीवनदत्त पन्तले बताए । 
मन्त्रालयको साझेदारीमा देशभरीमै पहिलो पटक प्रदेश कार्यालयले उक्त तालिम सञ्चालन गरेको सिटिईभिटीका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख ईन्जिनियर गुणानन्द झाले बताए । उनले भने,‘ म भख्खरै कार्यालय प्रमुख भएर आएको छु, आउँदा–आउँदै राम्रो काम गर्ने अवसर पाएँ, प्राविधिक शिक्षा सुधारका लागि मेरो प्रयास अझै जारी रहेने बिश्वास दिलाउन चाहान्छु ।’ उनले थपे, यस्ता कार्यक्रम तथा तालिमहरु अझै सञ्चालनमा ल्याएर शैक्षिक सुधार गर्न म प्रयत्नरत छु ।’



प्रतिकृया दिनुहोस