राप्रपा समानुपातिकका उम्मेदवार चन्द भन्छन् : राष्ट्रिय हितका लागि राप्रपालाई भोट दिनुहोस्

शुक्रबार २५, कार्तिक २०७९ ०६:३७    पवन जोशी



राप्रपा समानुपातिकका उम्मेदवार चन्द भन्छन् : राष्ट्रिय हितका लागि राप्रपालाई भोट दिनुहोस्

महेन्द्रनगरः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सुदूरपश्चिम प्रदेशमा प्रदेशसभाका बन्द सुचिमा १ नम्बरका समानुपातिक उम्मेदवार तथा राप्रपाका केन्द्रीय सह–प्रवक्ता पुर्णबहादुर चन्दले राष्ट्र जोगाउन, राष्ट्रिय हितमा काम गर्न तथा देशमा विकास र समृद्धि ल्याउनका लागि राप्रपालाई भोट दिन आह्वान गरेका छन् ।

कञ्चनपुरमा एमालेसंग तालमेल गरेर चुनावी मैदानमा होमिएको एमाले/राप्रपाको शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।  
पाँच दलिय गठबन्धनलाई देश लुट्ने र बाँडिचुँडी देशको ढुकुटी रित्याउने प्रयत्नको संज्ञा दिदै आफुहरुले एमालेसंग राष्ट्रियताको सवालमा कुरा मिल्ने भएर तालमेल गरेको बताए । उनले भने,‘देशलाई उत्पादनमुखी बनाउन, रोजगारी सृजना गर्न, बैदेशीक लागानी नेपालमा ल्याएर उत्पादन बढाउन र निकासी गर्न, देशको समग्र विकासका लागि यस पटक राप्रपालाई भोट दिन म जनतालाई आग्रह गर्छु ।’
उनले कञ्चनपुरमा राप्रपाको उम्मेदवार नभएको ठाउँमा एमालेलाई र राप्रपाको उम्मेदवार भएको ठाउँमा राप्रपा तथा समानुपातिकमा राप्रपालाई भोट दिन आग्रह गरे । उनले भने, ‘देशको विकास गर्न देशप्रति माया भएको व्यक्ति र पार्टी चाहिन्छ, हाम्रो गुमेको भुमि फिर्ता ल्याउन र देशको विकास गर्न राप्रपा नै चाहिन्छ, घरपरिवारका मान्छेहरुलाई मात्रै अवसर दिएर देशको ढुकुटी रित्याउनेलाई जनताले जवाफ दिने बेला आएको छ ।’
 



प्रतिकृया दिनुहोस