महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

गठबन्धन चुनाव जित्नका लागि मात्र होईन, देश बनाउन र विकास गर्न हो :  एनपि साउँद

शनिबार २६, कार्तिक २०७९ ०२:१२    दिपकराज बिष्ट



गठबन्धन चुनाव जित्नका लागि मात्र होईन, देश बनाउन र विकास गर्न हो :  एनपि साउँद

महेन्द्रनगर : नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पुर्व मन्त्री तथा पाँचदलिय गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार नारायण प्रकाश (एनपि)साउँदले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको बताएका छन् । शनिवार नेपाली काँग्रेसले गरेको चुनावि सभालाई समबोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘गठबन्धन चुनाउ जित्नका लागि मात्र गरिएको होईन, देशलाई निकास दिन, मिलेर देश बनाउन र देशको समृद्धि र विकास तिब्र गतिमा गर्न हो जुन अझै पाँच बर्ष कायम रहनेछ ।’ मुलुकलाई स्थितरता दिन गठबन्धन गरिएको उनले जिकिर गरे । 
उनले थपे, ‘सिद्धान्त र विचार फरक–फरक हुनसक्छ तर देश बनाउने विचार एउटै हुनुपर्छ, जनताको जनस्तर माथि उकास्न, आरक्षका समस्या समाधान गर्न गठबन्धनकै सरकार आवश्यक रहेको छ ।’
शिक्षा र सिचाई गरि दुई पटक मन्त्री (८ बर्ष सांसद र ३ बर्ष मन्त्री) भएका उनले आफु पदमा बसेको बेलामा र पदमा नभएपनि यस क्षेत्रको विकासका लागि गरिएका कामको स्मरण गरे । उनले भने, ‘एडिबिको अढाई अर्बको प्रोजेक्ट अगाडी बढेको छ, कृष्णपुरमा ६ वटा, वेदकोटमा ५ वटा, शुक्लाफाँटामा ४ वटा गरि १५ वटा ठुला पुल बनाएर बस्ति जोड्ने काम गरे, ३७ करोडमा सुडा टाउन खानेपानि आयोजनाको काम अगाडी बढाए, सडक कालोपत्रे, नदिमा तटबन्ध निर्माण गर्ने लगायतका थुप्रै कामहरु गरे ।’ शुक्लाफाँटा २ नं. क्षेत्रको केन्द्रबिन्दु रहेको बताउँदै तिनवटै पालिकालाई पाएक पर्ने गरि सभाहल, कर्भडहल, पार्कीङ्ग क्षेत्र, फटबल ग्राउण्ड लगायतका थुप्रै कामहरु गर्नुपर्ने बताउँदै अबको पाँच बर्षमा यिँ सबै कामहरु सम्पन्न गरिने दावि गरे । साउँदको क्षेत्रमा १० जना उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा एमालेका उम्मेदवार नर बहादुर धामीसंग हुने देखिएको छ । 
जनताको जिवनस्तर उकास्ने योजना ल्याउँछु : थापा


क्षेत्र नं. २ (ख) का उम्मेदवार बहादुर सिंह थापाले जनताको जिवनस्तर उकास्ने योजना ल्याईने बताएका छन् । उनले भने,‘एकिकृत विकास योजना अगाडी बढाईने छ, दलितलाई आवासको व्यवस्था, जग्गाधनी लालपुर्जा वितरण, नदि नियन्त्रण लगायतका जनताका सरोकारका बिषयमा पहिलो बर्षमै गुरुयोजना बनाएर काम अगाडी बढाउँछु ।’
 



प्रतिकृया दिनुहोस