बिहिबार १७, भदौ २०७८ ११:०६ आस्था जोशी
महेन्द्रनगर,
के तपाईलाई रेष्टुरेन्टको खाना वा नास्ता खान मन लाग्यो । त्यसो भए अब महेन्द्रनगर बजार धाईरहनु पर्दैन । एक कल फोन गर्नुहोस्, ‘बटुक’ तपाईको घरदैलोमैं खाना र नास्ता लिएर आईपुग्छ । त्यो पनि तपाईलाई मन पर्ने महेन्द्रनगरको जुनसुकै रेष्टुरेन्ट किन नहोस् ।
हो, भीमदत्त नगरपालिकाका तीन युवाले ‘डोर टू डोर’ सेवा सुरु गरेका छन् । भीनपा–१ बाराकुण्डाका महेश बिष्ट, भीनपा–२ उल्टाखामका साहिल पाण्डेय र भीनपा–३ भाँसीका धर्मराज अवस्थीले यहि भदौै महिनाको दोस्रोसाताबाट खानानास्ता ‘होम डेलिभरी’ गर्न थालेका छन् । ‘कहिलेकाँही घरबाहिरको खानानास्ता खान मन लाग्छ । तर, एक्लै जानआउन अल्छी लाग्ने, साधन नभएको अवस्था पनि हुनसक्छ ।’ बटुकका एक सदस्य महेशले भने, ‘मानिसको व्यस्तता र घरबाहिर रेष्टुरेन्टको स्वादलिने चाहनालाई मध्यनजर गरी हामीले बटुक नाम दिएर यो काम सुरु गरेका हौं ।’
अहिले उनिहरुसंग बटुक नाममात्रै छ । आफ्नो रेष्टुरेन्ट छैन । तर, ग्राहकले चाहेजस्तो सेवा उपलब्ध गराउने उद्देश्य उनिहरुको छ । ‘अहिलकोे समयमा उपभोक्ताको माग सहज उपलब्धता हो । हामीले त्यहि कुरालाई ध्यानमा राखेर बटुकलाई माध्यम बनाएका छौं ।’ बटुकका आर्का सदस्य धर्मराज अवस्थी भन्छन्, ‘ग्राहकलाई हामीले स्वच्छ, गुणस्तरीय खानानास्ता छिटो छरितो उपलब्ध
गराउँछौं ।’
बटुकले महेन्द्रनगर बजारभित्र होम डेलिभरी बाफत दश रुपैयाँ सेवा शुल्क लिने गरेको छ । त्यस्तै बजार क्षेत्रबाहिर प्रतिकिलोमिटर दश रुपैंयाका दरले डेलिभरी गर्ने गरेको धर्मराजले जानकारी गराए । अहिले फोन सम्पर्कबाटै काम गरिरहेका उनिहरुले चाँडै अफिस खोल्ने तयारी गरिरहेका छन् ।
अहिलेको पिढीमा बाह्य खानाका परिकारप्रतिको रुचि धेरै बढिरहेको बताउँदै महेशले भने, ‘सुरुवातमा हामीले यहाँका रेष्टुरेन्टहरुमा उपलब्ध हुदैं आएका परिकारलाई नै ग्राहक समक्ष पु¥याउँदै छौं । सबै जसो रेष्टुरेन्टमा हामीले सम्पर्क राखेका छौं । विस्तारै तिनको प्रतिस्थापनका रुपमा सुदुरपश्चिम र नेपाली परिकार उनिहरु माँझ पु¥याउने लक्ष्य रहेको छ । त्यो आप्mनो रेष्टुरेन्ट संचालनमा ल्याएपछि गर्छौ ।’
बटुकले अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गरिरहेको जनाएको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.