महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

दोधाराचाँदनीमा भीमदत्त नगरपालिकाको विकासको चर्चा

आइतबार २७, कार्तिक २०७९ ०८:१४    पश्चिमनेपाल न्यज डट कम



दोधाराचाँदनीमा भीमदत्त नगरपालिकाको विकासको चर्चा

महेन्द्रनगर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेवारको पृष्ठभूमिबारे चर्चा भइरहेको छ । उम्मेदवारले विगतमा गरेको काम र अनुभवबारे मतदाताले चासो राख्न थालेका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट सुदूरपरिश्चम प्रदेशसभा सदस्यका लागि नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका छन्  ।
उनी प्रदेशसभा सदस्यको उम्मेदवार बनेसँगै भीमदत्त नगरपालिकामा पछिल्लो ५ वर्षमा भएका कामबारे दोधाराचाँदनी नगरपालिकामा चर्चा हुन थालेको छ । भीमदत्त नगरपालिकाका ७ वडा र दोधाराचाँदनी नगरपालिकाको भूगोल समेटिएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निवर्तमान मेयर विष्ट प्रदेश सभाका लागि उम्मेवार बनेका हुन् ।
स्थानीय सरकारले पहिलो नेतृत्व पाएको भीमदत्त नगरपालिकाले पछिल्ला ५ वर्षमा विकासको जग बसालेको छ । निवर्तमान मेयर सुरेन्द्र विष्ट नेतृत्वको स्थानीय सरकारले भीमदत्तमा दीर्घकालीन रणनीतिक महत्त्वका योजनाहरू अघि बढाएका छन् । 
निवर्तमान मेयर विष्टको कार्यकालमा निर्माण गरिएको भीमदत्त भित्री र बाहिरी चक्रपथ, सडक निर्माण तथा स्तरोन्नति, जैविक धार्मिक पर्यटन मार्ग, महाकाली अस्पताल सुधार, मझगाउँ विमानस्थल पुनः सञ्चालनमा साझेदारी, महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन लगायतका दीर्घकालीन रणनीतिक महत्त्वका कामहरू शुरू गरेका छन् ।
भीमदत्तको सफल नेतृत्व गरेका विष्ट प्रदेश सभाको उम्मेदवार बनेपछि दोधराचाँदनीको विकासले गति लिनेमा स्थानीय मतदाता आशावादी देखिएका छन् ।
दोधाराचाँदनीका स्थानीय गणेशसिंह भाटले भीमदत्तका निवर्तमान मेयर प्रदेश सभाका उम्मेदवार बनेपछि दोधाराचाँदनीवासी विकासप्रति आशावादी देखिएका बताए । 
उनी भीमदत्त नगरपालिकाको मेयर हुँदा त्यहाँ धेरै विकास–निर्माणका काम भएका छन् । उनले भने, ‘जसरी उहाँले भीमदत्तको विकास गर्नुभएको छ, प्रदेश सरकारमा गएपछि दोधाराचाँदनीको पनि विकास हुनेमा यहाँका जनता आशावादी देखिएका छन् ।’
नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष समेत रहेका विष्टले कुतियाकबर–खैरभट्टी विकास मोडल अघि सारेका छन् । 
उनले दोधाराचाँदनीको भानु बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, ५० शय्याको अस्पताल स्थापना गर्ने, सर्पदंश उपचार केन्द्र दोधाराचाँदनीमै स्थापना गर्ने, जोगबुढा पक्की पुल र तटबन्ध निर्माण गर्ने योजना अघि सारेका छन् । 
दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणसँगै आधुनिक भन्सार सञ्चालनमा ल्याउने एमालेले प्रतिबद्धता जनाएको छ । कञ्चनपुर–३ मा एमालेले पोलिटब्युरो सदस्य निरुदेवी पाललाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । सीमा समस्या समाधानसँगै भीमदत्तलाई स्मार्ट सिटी र बाबाथानलाई आधुनिक व्यवस्थित बजार बनाउने उम्मेदवार पालको योजना छ ।
 



प्रतिकृया दिनुहोस