आइतबार २७, कार्तिक २०७९ ०९:३६ पवन जोशी
महेन्द्रनगर : नेकपा एमालेका केन्द्रिय सललाहकार परिषद सदस्य एन.एल.(नन्दलाल) चटौतले मंसिर ४ मा एमालेलाई भोट दिएर राष्ट्र र राष्ट्रियता जोगाउन र देश बचाउने अभियानमा लाग्न आम मतदाताहरुलाई आग्रह गरेका छन् । आज कञ्चनपुरको दोधारा चाँदनीमा एमालेले आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रमुख अथिति समेत रहेका चटौतले उक्त कुरा बताएका हुन् । उनले भने,‘देशलाई जोगाउन, रोजगारी सृजना गर्न, युवाहरुलाई स्वरोजगार बनाउन तथा देशलाई विकासको मोडेलमा अगाडी बढाउन अहिले एक पटक एमालेलाई सुर्यमा मत दिन म आम सजक जनतामा अह्वान गर्दछु ।’
उनले थपे, ‘देशमा कलकारखाना खोल्न, उत्पादनलाई निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न आज त्यस्तो नेतृत्वको आवश्यकता छ, कस्तो ?कपि ओलि जस्तो ।’ यस पटक देश बनाउनका लागि सुनौलो अवसर मिलेकोले एमाले अध्यक्ष केपि ओलिको नेतृत्वमा सरकार बनाउने गरि बहुमत दिन नेता चटौतले देशबासीमा अपिल गरे ।
सुखि नेपाली र समृद्ध नेपालको सपना केपि ओलिले आफ्नो आगामी कार्यकालमा पुरा गर्ने बताउँदै उनले भने, ‘आज दोधारा चाँदनीको विकास देखेर म दगं परेको छु, ४ बर्ष अगाडी आउँदा मैले एक किलोमिटर मात्र पिच देखेको थिए, अहिले थुप्रै बाटाहरु बिच भएका रहेछन् ।’ विकास एकैचोटी नहुने बताउँदै चटौतले बिगतको हेर्दा पछिल्लो समयको विकास देख्दा आफु खुसी भएको बताए । गठबन्धनलाई ठगबन्धन संज्ञा दिँदै नेता चटौतले भने,‘नेपाललाई फिजि बनाउनका लागि बनेको गठबन्धनले देश र जनताको पक्षमा काम गर्न सक्दैन, यो परमादेशी सरकार र गठबन्धन बिदेशीको ईसारामा काम गरिरहेको छ ।’ अरु पार्टीहरुले एमालेसंग एक्ला–एक्लै लड्ने हिम्मत गर्न नसकेको बताए । उनले भने, ‘ बिदेशी शक्तिहरुले नेपालको हिमाल पहाड र प्राकृतिक सम्पदा तथा जलस्रोतमा आँखा गाडेको छ, राष्ट्रहितमा काम गर्ने पार्टि एमालेलाई हराउन गठजोड मिलाईको हो ।’
हामी झुटको खेती गर्दैनौ : उम्मेदवार बिष्ट
एमाले कञ्चनपुरका अध्यक्ष तथा कञ्चनपुर क्षेत्र नं. ३(ख)का उम्मेदवार सुरेन्द्र बिष्टले आफुहरुले काम गर्न सक्ने कुरा बोल्ने गरेको बताएका छन् । नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेसका रमेश लेखकप्रति कटाक्ष गदै उनले भने, ‘२३ बर्ष देखि जनतालाई ठगेका नेताले अझै झुटको खेती गर्दै हिँडेको मैले सुने, एमालेले गरेका कामलाई समेत आफुले गरेको भनेर भाषण गर्ने गरेका छन् रे, आफुले गर्न नसक्ने अनि अरुले गरेको कामलाई आफुले गरेको भनेर भोट माग्ने ?’
यस्तै कार्यक्रममा बोल्दै निर्वतमान माननीय डा. दिपकप्रकाश भट्टले विकासका काम गर्दा समेत नेपाली काँग्रेसले संस्थागत रुपमै बि।ोद गर्ने गरेको बताए । उनले भने, ‘हामीले कञ्जभोजमा सुख्खा बन्दरगाह बनाउन खोज्दा काँग्रेसले संस्थागत रुपमै बिरोध ग¥यो, फेरी पनि हामीले मायापुरी सामुदायीक वनमा काम शुरु गरेका छौ, नेपालका उद्योगमन्त्री र भारतका अधिकारीहरु समेत आएको कार्यक्रमा काँग्रेसले कालोझण्डा देखायो ।’ आफुले गएको ५ बर्षमा सक्दो काम गरेको र अझै लागिरहने भट्टले दावी गरे ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.