महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

माओवादीबाट दुःख पाएका काँग्रेस र जनयुद्ध लडेका घाईतेको मत पाउँछु : नेता धामी

मङ्गलबार २९, कार्तिक २०७९ ०२:०७    शुरेस पन्त



माओवादीबाट दुःख पाएका काँग्रेस र जनयुद्ध लडेका घाईतेको मत पाउँछु : नेता धामी

महेन्द्रनगर : नेकपा एमालेका केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला सह–ईन्चार्ज एवं कञ्चनपुर क्षेत्र नंं २ प्रतिनिधिसभाका उम्मेदवार नरबहादुर धामीले एमालेले मात्र नभई आम जनताले आफुलाई भोट दिएर जिताउने बताएका छन् । 
पिपलाडीमा आयोजित चुनाविकोणसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले माओवादीलाई अंकित गर्दै भने , ‘१० बर्ष जनयुद्ध लडेका लडाकु र घाईतेले के पाए ? आफ्नो घरगाउँ छोडेका तेति बेलाका काँग्रेसले के पाए ? शहिद पविारले के पाए ? अब तिँ सबै लगायत आम जनताले सुर्यमा भोट हाल्नुहुन्छ भने मैले बिस्वास गरेको छु ।’ 
पाँच दलिय गठबन्धनलाई देश बर्बाद पार्ने समुहको संज्ञा दिँदै उनले भने,‘२०५१ सालमै टाउकोको मुल्य तोक्ने र टाउको काट्नेहरु बिच उहिले पनि भेटघाट भएकै थियो, किन १७ हजार निमुखा जनता मारेको ? अहिलेकै केका लागि  गठबन्धन ? यसको कुनै उदेश्य छैन ।’
आफुले विकासको योजना तयार गरेर अगाडी बढेको बताउँदै उनले भने, ’केही काम भएका छन् केही पाईप लाईनमा छन्, सबै योजनाहरु अबको पाँच बर्ष भित्र पुरा हुन्छन् र देखिने गरि विकास हुन्छ ।’आफुले पाँच बर्षमा गरेको जति विकास काँग्रेसका उम्मेदवारले ३० बर्षमा गर्न नसकेको बताउँदै उनले भने, ‘काँग्रेसका बुढा भएका युवा नेताले ३० बर्षमा के गरे, अहिले हामीले ४ लाख लाग्ने प्राविधिक शिक्षालाई ४८ हजारमा पढाउने गरि शुक्लाफाँटा प्राविधिक शिक्षालय स्थापना गरेका छौ, बाटाघाटाहरु फराकिला र कालापत्रे गरिएका छन् ।’ थुप्रै कामहरु गरेको र जनताले महशुस गरेको उनले दावी गरे । 
एमालेसंग विकासका योजना छन्, दैजि औद्योगिक क्षेत्र छिट्टै तयार हुन्छ : उम्मेदवार राना
नेकपा एमालेका केन्द्रिय सदस्य तथा कञ्चनपुर सह–ईन्चार्ज एवं कञ्चनपुर क्षेत्र नं. २ ‘ख’ का उम्मेदवार कृपाराम रानाले एमालेसंग देश विकासको मोडेल रहेको बताएका छन् । उनले दैजिमा औद्योगिक क्षेत्रको निर्माण गरेर उत्पादनलाई निर्यात गर्ने तथा रोजगारका अवसरहरु खुल्ने बताएका छन् । उनले भने,‘ हामीसंग विकासका योजना छन्, देश बनाउने प्रण छ, यस क्षेत्रको समग्र विकासको लागि एमालेले जित्नुपर्छ त्यसैले सुर्य चिन्हमा मतदान गर्न म सबैलाई आग्रह गर्दछु ।’ कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्य नन्दलाल चटौत लगायत नेता कार्यकता तथा जनाताको सहभागीता रहेको थियो । 



प्रतिकृया दिनुहोस