नेमकीपाका उम्मेदवारले गरे धर्मराजलाई समर्थन

बुधबार ३०, कार्तिक २०७९ १२:२४    शुरेस पन्त



नेमकीपाका उम्मेदवारले गरे धर्मराजलाई समर्थन

महेन्द्रनगर :  नेपाल मजदुर किसान पार्टी कञ्चनपुरका क्षेत्र नं. ३ प्रदेशसभा ‘क’का उम्मेदवार सुरेन्द्र दमाईले एमालेसंग तालमेल गरेर उम्मेदवार रहेका राप्रका धर्मराज जोशीलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फीर्ता लिएका छन् । 
बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता भएको र धर्मराजलाई समर्थन गरेको जनाएका छन् । यस पश्चिमनेपाल न्युज डटकमसंग कुरा गर्दै उनले भने,‘धर्मराज जोशीजी पहिले पनि प्रधानपन्च भएर नगरको विकास गरेका मान्छे हुन, यस क्षेत्रमा उहाँकोआवश्यकता छ र उहाँलाई जिताएमा यस क्षेत्रको हित हुने ठानेर मैले उहाँलाई समर्थन गरेको हुँ ।’ उनले थपे, ‘साथै म यस क्षेत्रका सम्पुर्ण मतदाताहरुलाई उहाँलाई भोट दिएर जिताउनहुन  हार्दिक अपिल गर्दछु ।’
एमाले र राप्रपाका साझा उम्मेदवार जोशीलाई यस अघि स्वतन्त्र उम्मेदवार महादेव भट्टलेपनि समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । यस क्षेत्रमा जोशीलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । 

 



प्रतिकृया दिनुहोस