बिहिबार ०१, मङि्सर २०७९ ०८:४७ पवन जोशी
महेन्द्रनगर : नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य नन्दलाल (एनएल)चटौतले गठबन्धन सरकारले जनतालाई दुःख दिएको बताएका छन् । गठबन्धन सरकारबाट जनता खुशी नभएको आरोप लगाउँदै उनले भने, ‘एक बर्ष भन्दा बढी भयो गठबन्धन सरकारको, महङ्गी बढेको छ, थेगी नसक्नु भईसक्यो जनताले दुःख पाएका छन्, यिनिहरुलाई मतलब छैन ।’ उनले थपे, ‘यिनिहरुको बैठक बसेमा देश र जनताका बारेमा कुरा गर्दैनन्, आफुहरुको भागबण्डाको कुरा मात्र गर्छन्, ’एक बर्षमै देश डुबाउन लागिसके ।’
वेदकोटको सुडामा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले पार्टीका ईमान्दार एवं युवा उम्मेदवारलाई जिताउन जनतामा आह्वान गरे । उनले भने, ‘एमालेका
युवा उम्मेदवार क्षेत्र नंं. २ का प्रतिनिधिसभाका नरबहादुर धामी र प्रदेशसभाका २ ‘ख’ का
उम्मेदवार कृपाराम रानालाई भोट दिन आह्वान गर्दछु, यीनिहरुले राम्रो काम गर्छन् गलत गरे म जिम्मेवार छु ।’
यस्तै प्रतिनिधि सभाका उम्मेदवार एमाले केन्द्रिय सदस्य तथा कञ्चनपुर सह ईन्चार्ज एवं कञ्चनपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नरबहादुर धामीले आफुले गर्नसक्ने काम गरेको र शुरु गरेका अधुरा काम र नयाँ कामको शुरुवात गर्न आफुलाई जिताउन आह्वान गरे । उनले भने, ‘मैले सक्ने जति काम गरेको छु, अधुरा योजना पुरा गर्छु, नयाँ योजना ल्याउछु, विकासका मोडेल हामीसंग छ लागु गछौ ।’
कार्यक्रममा बोल्दै प्रदेशसभा २(ख) का उम्मेदवार कृपाराम रानाले भने, ‘राजनितिमा जिवन समर्पण गरेको छु, जनताका सेवामा लागेको छु, जनताको कुभलो गर्दैन, मेरो क्षेत्र विकासमा पछाडी पर्दैन ।’ आफुलाई जिताए सबै क्षेत्रमा समानान्तर विकास हुने उनले दावी गरे ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.