महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

एमाले सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की

मङ्गलबार ०६, मङि्सर २०७९ १२:५९    पश्चिमनेपाल न्यज डट कम



एमाले सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की

महेन्द्रनगर:  नेकपा (एमाले)का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ। मंगलबार बिहान कैलाली–४ का उम्मेदवारसमेत रहेका भट्टको घरमा पसेको एक अपरिचित समूहले धम्की दिएपछि उनले सुरक्षा माग गरेका छन्।
भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमा पसेर उक्त समूहले धम्की दिएको हो। 
आफू घरमा नरहेको अवस्थामा नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भट्टले बताए। ‘उनीहरुले घरभित्र पसेर कहाँ छ पूर्व मन्त्रीरु भन्दै परिवारका सदस्यहरुलाई दुव्र्यवहार गरे, मेरो ज्यान लिन्छु भनेर गएका छन्’ भट्टले भने।
घटनाका समयमा आफू धनगढीमा भएको पनि भट्टले बताए। भट्ट कैलाली ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत छन्। यहाँ उनले अहिलेसम्मको मतगणनामा अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका वीरबहादुर बलायरले पछ्याइरहेका छन्। 



प्रतिकृया दिनुहोस