महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

एमाले सचिव भट्टलाई ‘बमले उडाइदिने’ धम्की दिएका दुई पूर्व लडाकु पक्राउ

मङ्गलबार ०६, मङि्सर २०७९ ०१:१४    पश्चिमनेपाल न्यज डट कम



एमाले सचिव भट्टलाई ‘बमले उडाइदिने’ धम्की दिएका दुई पूर्व लडाकु पक्राउ

महेन्द्रनगर: नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
धनगढी उप महानगरपालिका–१४ फूलबारीका शेरबहादुर लामा र गोदावरी नगरपालिका–२ तेघरीका दिपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो। दुबै जना माओवादी जनमुक्ति सेनाका पूर्व लडाकु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए।
उनीहरु अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छन्। मंगलबार बिहान कैलाली–४ का उम्मेदवारसमेत रहेका भट्टको घरमा पसेका ती दुई जनाले परिवारका सदस्यहरुलाई धम्क्याउदै भट्टलाई ‘बमले उडाइदिने’ धम्की दिएका थिए।
‘मदिरा सेवन गरी घरमा पसेको खबर आएपछि हामीले तत्काल ती दुई जनालाई पक्राउ ग-र्यौ,’ डिएसपी जोशीले भने, ‘यसअघि पनि उनीहरु मदिरा सेवन गरि होहल्ला गर्ने गरेको बुझिएको छ।’
आफू घरमा नरहेको अवस्थामा नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भन्दै नेता भट्टले प्रहरीलाई मौखिक जानकारी गराएका थिए। लिखित जाहेरी भने नआएको डिएसपी जोशीले बताए।
‘बमले उडाइदिन्छु भन्दै धम्की दिएको खुलेको छ,’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ।’
सचिव भट्ट माओवादी छाडेर एकता प्रकृयाबाट एमालेमा आएका थिए। पूर्व मन्त्रीसमेत रहेका उनी कैलाली ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत छन्। यहाँ उनले अहिलेसम्मको मतगणनामा अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका वीरबहादुर बलायरले पछ्याइरहेका छन्। 



प्रतिकृया दिनुहोस