कञ्चनपुरमा दुईमा गठबन्धन र एकमा एमाले अगाडी

मङ्गलबार ०६, मङि्सर २०७९ ०७:३२    पश्चिमनेपाल न्यज डट कम



महेन्द्रनगर : कञ्चनपुरमा रहेका प्रतिनिधिसभाका तिन क्षेत्रमध्ये दुईमा गठबन्धन र एकमा नेकपा एमालेले अग्रता लिएको छ । क्षेत्र नं. १ मा एमालेका उम्मेदवार पुर्व प्रदेशमन्त्री तारालामा तामाङ्ग ४ हजार ४६४ मतका साथ अग्र स्थानमा छन् भने उनलाई पुर्व संघिय खानेपानि मन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड) की बुहारी विना मगरले पछ्याई रहेकी छिन् । उनले २ हजार ७४ मत प्राप्त गरेकी छिन् । १० जना उम्मेदवार रहेको यस क्षे्त्रमा मुख्य प्रतिस्पर्धा पाँच दलिय गठबन्धनकी उम्मेदवार मगरसंग नै हुने अनुमान गरिएको छ । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेका थिए । 
कञ्चनपुरको क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री गठबन्धनका उम्मेदवार नारायणप्रकाश साउँदले अग्रता लिएका छन् । उनले ७ हजार ४३८ मत पाउँदै गर्दा एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर सह–ईन्चार्ज नरबहादुर धामीले ५ हजार ९२१ मत पाएका छन् । गठबन्धनका उम्मेदवार साउँदले मतान्तर बढाउँदै लगेका छन् । १ लाख ५५ हजार ५७७ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार १४६ मत खसेका छन् । १० जना उम्मेदवार रहेका यस क्षेत्रमा पनि एमाले र गठबन्धनबिच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
यसैगरि कञ्चनपुरको क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार पुर्वमन्त्री रमेश लेखकले नेकपा एमालेकी पोलिटब्युरो सदस्य निरुदेवी पाललाई झण्डै दोब्बर मतले पछाडी पारेका छन् । लेखकले १२ हजार ५६४ मत पाउँदा पालले ७ हजार ६५३ मत प्राप्त गरे । ९७ हजार ८२२ मतदाता रहेको यस क्षेत्रमा ५७ हजार ९५५ मत खसेको थियो् । ४ जना स्वत्रन्त्र सहित १२ जना उम्मेदवार रहेको यस क्षेत्रमा अरु उम्मेदवारले अहिलेसम्म १ हजार मत पनि कटाउन सकेका छैनन् । क्षेत्र नं. ३ मा राप्रपासंग तालमेल गरि निर्वाचनमा होमीएको एमालेलाई नै काँग्रेसले पनि मुख्य प्रतिष्पर्धीका रुपमा हेरेको थियो । 
यसैगरि कञ्चनपुरमा रहेका ६ वटा प्रदेशसभाका सिट मध्येमा ३ सिटमा गठबन्धनका, २ सिटमा एमाले र १ सिटमा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा सदस्य(क)मा एमालेका पुर्व अध्यक्ष बिरबहादुर थापा (पातल) ४ हजार २२८ भोटका साथ अग्र स्थानमा छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका बन्धु रानाले २ हजार १२४ मतका साथ पछ्याई रहेका छन् । प्रदेशसभा १(ख) मा भने गठबन्धनबाट उम्मेदवार बनेका पुर्व सांसद दिवानसिंह बिष्ट अग्र स्थानमा छन् । उनले २ हजार २३८ मत प्रात गर्दै गर्दा एमालेका उम्मेदवार एमाले कञ्चनपुरका सचिब पल्लबराज भट्टले २ हजार ७ मतका साथ पछ्याई रहेका थिए । 
यस्तै क्षेत्र नं. २(क) मा एमालेका उम्मेदवार बचनबहादुर सिंहले अग्रता लिउका छन् । उनले ५ हजार २४० मत पाउँदै गर्दा गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका नेता ओमबिक्रम भाट (सरल)ले ४ हजार ९६५ मत पाउएका छन् । यस्तै २(ख) मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य बहादुरसिंह थापाले अग्रता लिएका छन् । थापाले २ हजार ६७६ र संविधान सभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य कृपाराम रानाले २ हजार ६३९ मतका साथ पछ्याई रहेका छन् । उनीहरुबिचमा तलमाथी जाने क्रम चलिरहेको छ । 
यसैगरि क्षेत्र नं. ३ को (क) मा त्रिकोणीय प्रतिस्पर्धा भईरहेको छ । एकीकृत समाजवादीका उम्मेदवार प्रदेशमन्त्री प्रकास रावलले १ हजार ३१५ मतका साथ अग्रता लिएका छन् । उनलाई गठबन्धनका उम्मेदवार टेकेन्द्र भट्टले १ हजार १९८ मत र एमालेका तालमेलका उम्मेदवार राप्रपाका धर्मराज जोशीले ९ सय ४२ मतका साथ पछ्याई रहेका छन् । यस्तै ३(ख) मा गठबन्धनका बेलबहादुर राना अग्र स्थानमा छन् । उनले ४ हजार १३५ मत ल्याउँदै गर्दा राप्रपासंग तालमेलका उम्मेदवार तथा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र बिष्टले २ हजार ४७० मत प्राप्त गरेका छन् ।   
 



प्रतिकृया दिनुहोस