महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

कञ्चनपुर–२(क)प्रदेशसभामा माओवादीका भाट बिजयी

बुधबार ०७, मङि्सर २०७९ ०३:४२    पश्चिमनेपाल न्यज डट कम



कञ्चनपुर–२(क)प्रदेशसभामा माओवादीका भाट बिजयी

महेन्द्रनगर : कञ्चनपर क्षेत्र नं. २ (क) प्रदेशसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका ओमबिक्रम भाट(सरल) बिजयी भएका छन् । उनी एमालेका उम्मेदवार युवासंघका पुर्व अध्यक्ष बचनबहादुर सिंहलाई ४७५ मतले हराउँदै बिजयी भएका हुन् । भाटले १० हजार ९२५ र सिंहले १० हजार ४५० मत प्राप्त गरेका छन् । 
निकै कडा प्रतिस्पर्धा भईरहेको यस क्षेत्रमा अन्तिममा भाटले बाँजी मारेका हुन् । मतगणनाको शुरुवातबाट आज बिहानसम्म अगाडी रहेका सिंह दिउँसोबाट अगाडी पछाडी हुँदै आएका थिए । यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीकी गिता चौधरीले ५ हजार १५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ मत प्राप्त गरे । अन्य उम्मेदवारहरुले एक हजार मत पनि कटाउन सकेनन् । ५४ हजार ६८८ मतदाता रहेको यस क्षेत्रमा ३३ हजार ८१० मत खसेको थियो । जसमा २२२१ मत बदर भएका थिए । 
पुर्वमन्त्री साउँदको अग्रता कायमै
कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री नारायणप्रकास साउँद (एनपी)ले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । शुरुवातमा केही मतले पछाडी हुभएका साउँद मंगलबार साँझबाट एमालेका केन्द्रीय सदस्य  एवं उम्मेदवार नरबहादुर धामीलाई उछिन्दै अगाडी बढ्ेका थियो । साँउदले १६ हजार ५२३ मत पाएका छन् भने १३ हजार ३९६ मतका साथ धामीले उनलाई  पछ्याईरहेका छन् ।  
यस्तै प्रदेशसभा २(ख) मा पनि गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका बहादुरसिंह थापाले अग्रता लिएका छन् । केही समय मत अगाडी पछाडी भएपनि अहिले भने उनले मतान्तर बढाउँदै अग्रता लिएका हुन् । थापाले ९ हजार ३२६ मत पाउँदै गर्दा एमालेका उम्मेदवार कृपाराम राना ८ हजार १७८ मतका साथ उनलाई पछ्याईरहेका छन् । 
 



प्रतिकृया दिनुहोस