बुधबार ०७, मङि्सर २०७९ ०४:०२ पश्चिमनेपाल न्यज डट कम
डोटी : डोटीको प्रदेशसभा १ मा नेकपा (एमाले) का उम्मेदवार चक्र मल्ल विजयी भएका छन्। लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन्।
एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५ हजार २७९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४ हजार ८२९ मत पाए।
प्रदेशसभा १ मा ३३ हजार ३२२ मत खसेको थियो। जसमा १ हजार ९ सय १९ मत बदर भए।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.