महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

कञ्चनपुर क्षेत्र नं. २ (ख) मा काँग्रेसका थापा निर्वाचित

बुधबार ०७, मङि्सर २०७९ ०४:३९    पश्चिमनेपाल न्यज डट कम



कञ्चनपुर क्षेत्र नं. २ (ख) मा काँग्रेसका थापा निर्वाचित

महेन्द्रनगर : नेपाली काँग्रेस कञ्चनपुरले निर्वाचन क्षेत्र नं. २(ख) प्रदेश सभाबाट आफ्नो खाता खोलेको छ । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पुर्व सभापति बहादुर सिह थापा निर्वाचित हुनुभएसंगै काँग्रेसले खाता खोलेको हो । 
थापाले निकटतम प्रतिद्वन्दी एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर सह–ईन्चार्ज कृपाराम रानालाई १ हजार ७२६ मतको अन्तरले पराजित गरेका हुन् ।
थापाले १० हजार ६६८ र रानाले ८ हजार ९४२ मत पाएका छन् । उक्त निर्वाचन क्षेत्रबाट ९ जना उम्मेदवार चुनावी मैदानमा थिए । नेकपा एकीकृत समाजवादीका लाल बहादुर खड्काले ४ हजार ४०४, राप्रपाका चक्र्रदेव जोशीले १ हजार ८३५ र पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीका जितेन्द्र चौधरीले १ हजार ८६८ मत ल्याएका छन् । क्षेत्र २(क)मा रहेका ५० हजार ८८९ मतदाता मध्ये ३१ हजार १७१ मत खसेका थिए । क्षेत्र २ मा प्रतिनिधिसभामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद अग्र स्थानमै रहेका छन् ।  
 



प्रतिकृया दिनुहोस