सरललाई बधाई दिदैँ सिंहले भने, ‘जनहितका काममा मेरो रचनात्मक सहयोग रहनेछ’

बुधबार ०७, मङि्सर २०७९ ०६:५७    पश्चिमनेपाल न्यज डट कम



सरललाई बधाई दिदैँ सिंहले भने, ‘जनहितका काममा मेरो रचनात्मक सहयोग रहनेछ’

महेन्द्रनगर:  नेकपा (एमाले) का तर्फबाट कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा ९१० का उम्मेदवार वचन बहादुर सिंहले सम्पूर्ण मतदातालाई धन्यवाद र प्रतिस्पर्धीलाई बधाई दिएका छन्।
गठबन्धनका तर्फबाट माओवादीका ओमविक्रम भाट (सरल) सँग ४ सय ७५ मतले पराजित भएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यबाद र प्रतिस्पर्धीलाई बधाई दिएका हुन्।
‘आगामी दिनमा पनि जनताको साथ, सहयोग र अपनत्व पाइरहने कुरामा विश्वस्त छु,’ उनले लेखेका छन्, ‘निर्वाचन लोकतन्त्रको सुन्दरता हो र विजय÷पराजय पनि स्वभाविक प्रक्रिया हो।’ सिंहले आगामी दिनमा हरेक जनताका सुखदुःख र समस्यामा सेवकका रुपमा सधैँ सँगै रहने प्रतिवद्धता जनाएका छन्।
विजयी उम्मेदवार भाटलाई बधाई र कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका सिंहले जनताका लागि गरिने हरेक काममा सधैँ रचनात्मक सहयोग रहने वचनवद्धता पनि प्रकट गरेका छन्।
भाटले एमाले उम्मेदवार सिंहलाई ४७५ मतले पछि पार्दै जित निकालेका थिए। भाटले १० हजार ९२५ मत प्राप्त गर्दा प्रतिस्पर्धी सिंहले १० हजार ४५० मत पाएका थिए। 



प्रतिकृया दिनुहोस