कञ्चनपुरमा–३ मा पुर्वमन्त्री लेखकको जित निश्चत,औपचारीकता मात्रै बाँकी

बुधबार ०७, मङि्सर २०७९ ०७:०४    पश्चिमनेपाल न्यज डट कम



कञ्चनपुरमा–३ मा पुर्वमन्त्री लेखकको जित निश्चत,औपचारीकता मात्रै बाँकी

महेन्द्रनगर : कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेका केन्द्रीय सदस्य पुर्वमन्त्री रमेश लेखकको जित सुनिश्चित भएको छ । ९७ हजार ८२२ मतदाता रहेको यस क्षेत्रमा ५७ हजार ९५५ मत खसेका थिए । 
करिब ५ हजार मत गन्न बाँकी छँदा लेखकले एमाले पोलिट ब्युरो सदस्य तथा राप्रपासंगको तालमेलकी उम्मेदवार निरुदेवी पाललाई ११ हजार ६६७ मतले पछाडी पारेका छन् । हालसम्म लेखकले २९ हजार ७२४ र पालले १८ हजार ५७ मत पाएका छन् ।  



प्रतिकृया दिनुहोस