कञ्चनपुरमा–३ मा पुर्वमन्त्री लेखक बिजयी

बुधबार ०७, मङि्सर २०७९ ०८:२३    पवन जोशी



कञ्चनपुरमा–३ मा पुर्वमन्त्री लेखक बिजयी

महेन्द्रनगर : कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेका केन्द्रीय सदस्य पुर्वमन्त्री रमेश लेखक बिजयी भएका छन् । ९७ हजार ८२२ मतदाता रहेको यस क्षेत्रमा ५७ हजार ९५५ मत खसेका थिए । 
लेखकले एमाले पोलिट ब्युरो सदस्य तथा राप्रपासंगको तालमेलकी उम्मेदवार निरुदेवी पाललाई १२ हजार ७५ मतले पछाडी पारेका छन् । लेखकले ३० हजार ५४४ र पालले १८ हजार ४४८ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले २ हजार २८ र स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले १ हजार ४३ मत प्राप्त गरे । १२ जना उम्मेदवार रहेका यस क्षेत्रमा अरु उम्मेदवारले एक हजार मत कटाउन सकेनन् । यस क्षेत्रमा ३ हजार ६९९ मत बदर भएका छन्् । 



प्रतिकृया दिनुहोस