सिमामा सुरक्षा उपस्थिति बिस्वाशिलो गर्नुपर्छ : एनएल चटौत

बुधबार ०६, पुष २०७९ ०९:५७    आस्था जोशी



सिमामा सुरक्षा उपस्थिति बिस्वाशिलो गर्नुपर्छ : एनएल चटौत

महेन्द्रनगर : नेकपा एमालेमा केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा एमालेका नेता नन्दलाल चटौतले सिमामा सुरक्षाको प्रत्याभुती सरकारले दिन नसकेको बताएका छन् । बुधबार प्रेस चौतारी नेपालको आयोजना तथा प्रेस चौतारी कञ्चनपुरको संयोजनमा दोधारा चाँदनीमा आयोजित प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेशको पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘दोधाराबासी देशका रक्षक हुन्, उनिहरुले देशको सिमा सुरक्षा गरेका छन् सरकारले उनिहरुलाई सुरक्षाको प्रत्याभुति दिनुपर्दछ ।’ उनले दोधाराको विकासमा एमालेबाट निर्वाचित सांसद र जनप्रतिनिधिले गरेको कामको प्रशंसा गर्दै भने, ‘दोधारा चाँदनीमा विगत ५ बर्षमा सोचेभन्दा बढी विकास भएको छ, हाम्रा सांसद र जनप्रतिनिधिले विकासको नमुना देखाएका छन् ।’ उनले थपे, ‘पत्रकार भनेका देशको चौथो अंग हो, तपाईहरु विद्धान हुनूहुन्छ, यो कुरा जनतालाई बुझाउन अहम भुमिका हजुरहरुको रहनुपर्छ ।’
प्रेस चौतारी लेख्ने पत्रकारको संगठनको रुपमा चिनिएको छ, यसलाई अझै शसक्त बनाउँ : अध्यक्ष बस्नेत
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल लेख्ने पत्रकारहरुको संगठन भएको बताएका छन् । उनले सक्रिय पत्रकारीतामा रहेका पत्रकारहरुको अध्यक्ष भएकोमा आफुलाई गर्व महशुस हुने गरेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो संगठनमा शसक्त पत्रकारहरु छन्, यसलाई अझै सुधार गरेर लैजान जरुरी छ ।’
यस्तै चौतारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीले पत्रकार महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अपरिहार्य भएकोले यसमा सबैले लाग्नुपर्ने बताए । उनले भने, ‘पत्रकार महासंघलाई साँच्चीकै पत्रकारहरुको संगठन बनाएमा तपाई हामीहरु सबैको ईज्जत बढ्छ ।’ 
हामी सबै मिलेर देश र पार्टी बनाउँ : अध्यक्ष बिष्ट
नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा भिमदत्त नगरपालिकाका निवर्तमान नगरप्रमुख सुरेन्द्र बिष्टले देश र पार्टी निर्माण गर्न सबै लाग्नुपर्ने बताएका छन् । उनले बिगतका कमिकमजोरीहरुलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन् । उनले भने, ‘हामी सबै विगतका तितामिठा कुरा बिर्सेर अगाडी बढौ, पार्टी र देश बनाउँ ।’ पार्टीका लागि प्रेस चौतारी नेपाल अभिन्न अंग भएको र चौतारीले पार्टीलाई गरेको सहयोगको उनले प्रशंसा गरे । 
 



प्रतिकृया दिनुहोस