बुधबार ०६, पुष २०७९ १०:२० पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : दोधारा चाँदनी नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले दोधारा चाँदनीमा ५० शैयाको अस्पतालको आवश्यकता रहेकोले आफुहरुले यो प्रयासमा लागेको बताएका छन् ।
बुधबार प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा कञ्चनपुर शाखाको संयोजनमा दोधारा चाँदनीमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको पुर्ण बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘१५ शैयाको अस्पताल बनाउने भन्ने थियो, १० शैया बन्दै छ, यसलाई ५० शैयाको अस्पताल बनाउनुपर्छ ।’ उनले थपे, ‘दोधारामा सुख्खा बन्दरगाह, रिङरोड, सिचाईका लागि नहर लगायतका थुप्रै विकास निर्माणका काममा हाम्रो प्रयास जारी छ, दोधारा चाँदनीलाई सुन्दर नगर बनाउँछौं ।’
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.