दामोदरको दमदार इन्ट्री : जसले राजनीतिमा लागेपछि पछाडि फर्किनु परेन

सोमबार ११, पुष २०७९ ०६:१०    पश्चिमनेपाल न्यज डट कम



दामोदरको दमदार इन्ट्री : जसले राजनीतिमा लागेपछि पछाडि फर्किनु परेन

बैतडी:  ९ वर्षअघि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा बाँजी मारेपछि एमाले नेता दामोदर भण्डारीले पछाडि फर्केर हेर्नुपरेको छैन्।  पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षको हैसियतमा रहेका उनले लगातार तेस्रोपटक जित निकालेपछि आज पुष्पकमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकारमा स्थान बनाएका छन्।
पछि जिम्मेवारी तोकिने गरी उनले आजै मन्त्रीको सपथ ग्रहण गरेका छन्।
यसअघि २०७३ सालमा अर्थ राज्यमन्त्रीको पद सम्हालिसकेका भण्डारी दोस्रो पटक मन्त्री भएर सिंहदरवार छिरेका छन्।
२०७० को निर्वाचनमा भण्डारीले बैतडी–१ बाट ११ हजार ६ सय ७२ मत ल्याएर पहिलो पटक संविधानसभा सदस्यको यात्रा तय गरेका थिए।
उतिबेला उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज अवस्थीले १० हजार ३ सय १४ मत पाएका थिए।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता नरेन्द्र कुवरसँग झण्डै तेब्बर मतान्तरले पराजित हुँदा भण्डारीको मत ९ हजार ५९ थियो। कुवर २७ हजार १३० मतका साथ बिजयी हुँदा भण्डारी निरास भएका थिए।
२०७० सालमा कमब्याक गरेका उनले २०७४ मा पनि अपराजित यात्रा कायमै राखे। बैतडी एउटै निर्वाचन क्षेत्र बन्दा बाम गठबन्धनका तर्फबाट भण्डारीले ११ हजार २ सय ३३ को मतान्तरले कांग्रेस उम्मेदवारलाई सजिलै परास्त गरेका थिए। त्यतिबेला उनले ३९ हजार ५२४ मत ल्याएका थिए।
तेस्रो पटक ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालिन सत्तारुढ गठबन्धन ९पाँच दल० का तर्फबाट माओबादी केन्द्रका नेता नरेन्द्र कुवरलाई पराजित गर्दै भण्डारीले सिंहदरबारको यात्रा तय गरेका हुन्। उनले बितेको दशकमा पाटन बिमानस्थल, पाटन–पञ्चेश्वर सडक, महाकाली करिडोर लगायत शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाईको क्षेत्रमा गरेका कामसहितका एजेन्डा मतदाता माँझ पु(याएका थिए।
१ हजार ५ सय ३१ मतान्तरसहित बाजी मारेका भण्डारीले ३३ हजार ६ सय ११ मत पाएका थिए। २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आवद्ध भएका थिए, भण्डारी। २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका उनी २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य भएका थिए।
२०५४ सालमा जिल्ला कमिटी उपसचिव भए, भण्डारी। २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै एमाले बैतडीको अध्यक्ष बने। २०७५ मा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका भण्डारी हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष छन्। पाटन नगरपालिका–६ का भण्डारीको जन्म २०३० कार्तिक २० गते भएको थियो। उनले स्नातक तहसम्मको अध्ययन गरेका छन्।



प्रतिकृया दिनुहोस