महेन्द्रनगरका छापाखाना व्यवसायी जोशीको निधन

शनिबार २३, पुष २०७९ ०४:१२    पश्चिमनेपाल न्यज डट कम



महेन्द्रनगरका छापाखाना व्यवसायी जोशीको निधन

महेन्द्रनगर: यहाँका अग्रणी छापाखाना व्यवसायी पूर्णानन्द जोशीको शनिबार दिउसो निधन भएको छ। लामो समयदेखि महेन्द्रनगरको गली नं २ मा मालिकार्जुन छापाखाना सञ्चालन गरिरहेका ५६ वर्षीय जोशीको महाकाली प्रादेशिक अस्पतालमा निधन भएको हो। 
दिउसो अचानक स्वास्थ्यमा समस्या उत्पन्न भएपछि जोशी आफै अस्पताल पुगेका थिए। उनको हृदयघातका कारण  निधन भएको अस्पताल स्रोतले जनाएको छ । 
बैतडीको साबिक रिम गाबिस पुख्र्यौली घर भएका जोशी भीमदत्त नगरपालिका–२ उल्टाखामका स्थायी बासिन्दा थिए। उनी लामो समयदेखि छापाखाना व्यवसायमा संलग्न थिए।
काठमाडौंमा रहेका जेठा छोरा घर पुगेपछि महाकालीमा जोशीको अन्तिम संस्कार गरिने आफन्तजनले बताए। प्रतिष्ठित व्यवसायीको अचानक भएको निधनले स्थानीय व्यापारी, व्यवसायी दुःखी भएका छन्।  सबयात्रा आइतबार बिहान ८:३० बजे उल्टाखाम घरबाट गरिने र भुजेलाघाटमा अन्त्यस्टि गरिने परिवारजनले बताएका छन । 

 



प्रतिकृया दिनुहोस