शुक्रबार २९, पुष २०७९ ०६:०४ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : महेन्द्रनगर जेसिजको अध्यक्षमा दिपकराज जोशी निर्वाचित भएका छन् । महेन्द्रनगरमा शुक्रबार सप्पन्न ३६ औ शाखा अधिवेशनबाट जोशी सर्बसम्मत रुपमा निर्वाचित भएका हुन ।
यस्तै कार्यकारी उपाध्यक्षमा लक्ष्मणदत्त पन्त र किरण बोगटी , उपाध्यक्षमा राजेन्द्र प्रसाद अवस्थी, रमेश शिह प्वाली, पवन जोशी र उत्तम पन्त निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत पवन लेखकले बताए ।
निर्वाचित सम्पुर्णलाई टीका लगाइ स्वागत गरिएको र मनोनीत सहितको २०२३ को पुर्ण बोर्डको पदस्थापन भोलि सनिवार होटल ९/११ मा हुने महेन्द्रनगर जेसिज बर्ष २०२२ का अध्यक्ष कबिराज अवस्थीले बताए ।
२०२२ का अध्यक्ष अवस्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी महेन्द्रनगर जेसिजका पुर्ब अध्यक्ष तथा सस्थापक सदस्य धर्मानन्द भट्ट रहेका थिए । कार्यक्रमको सन्चालन महासचिव दिपकराज जोशीले गरेका थिए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.