दोस्रो लिटिल बुद्ध फेस्टेबल शुरु

विद्यार्थीको अतिरिक्त कृयाकलापमा ध्यान दिएका छौ : प्रिन्सिपल मौनी

शुक्रबार ०६, माघ २०७९ ०७:३९    पवन जोशी



विद्यार्थीको अतिरिक्त कृयाकलापमा ध्यान दिएका छौ : प्रिन्सिपल मौनी

महेन्द्रनगर : लिटिल बुद्ध एकेडेमी माध्यमिक विद्यालयको आयोजनामा दोस्रो लिटिल बुद्ध महोत्सव(एलबिए फेस्टेबल ) शुक्रबार भव्य समारोहका बिच शुरु गरिएको छ । दुई दिनसम्म चल्ने फेस्टेबलमा साँस्कृतिक कार्यक्रम, आर्ट तथा कला प्रदर्शनी, विज्ञान तथा प्रविधिको प्रदर्शनी र फुड स्टल गरि चार विद्यामा विद्यार्थीहरुले आफुले सिकेको ज्ञानको प्रदर्शनी गर्ने आयोजकले जनाएको छ । 


विद्यार्थीहरुको कक्षा कोठा बाहीर अतिरिक्त कृयाकलापलाई पनि विद्यालयले ध्यान दिएको र यसलाई प्रस्तुत गर्ने अवसर पनि विद्यालयले दिनुपर्ने विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनिले बताए । उनले भने, ‘यस्ता कार्यक्रहरुले विद्यार्थीहरुमा भित्र भएको प्रतिभा बाहीर आउनुका साथै टिमवर्क गर्न, सिप क्षमता अभिवृदी गर्न, देखाउन र सिकाउन फेस्टेबलको आयोजना गरिएको हो ।’  
मौनीले थपे, ‘यसमा विज्ञान प्रविधिमा १ सय जना विद्यार्थीले भाग लिएका छन्, २५ फुड स्टल रहेका छन्, सबैभन्दा बढी विद्यार्थी आर्ट तथा कला प्रदर्शनीमा भाग लिएका छन्, २५ वटा सांस्कृतिक कार्यक्रहरु रहेका छन् । यसमा ५ सय विद्यार्थी प्रत्यक्ष सहभागी भएका छन् भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २ हजार ७ सय विद्यार्थी सहभागी छन् ।’
प्रिन्सिपल मौनिले भने, ‘यो फेस्टेबल सफल बनाउन थुप्रै अभिभावकको अतुलनीय योगदान रहेको छ, विद्यार्थी र शिक्षककर्मचारीहरुले लामो समय देखी मेहनत गर्नुभएको छ, म उहाँहरु सबैमा आभार तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु ।’ उनले थपे, ‘हामीले यी चारवटै विद्यामा ५०÷५० हजारभन्दा माथीको पुरुस्कारको व्यवस्था गरेका छौ, फुड फेस्टेबल बाट प्राप्त भएको आधा रकम कञ्चनपुर स्थित बाल अनाथालय र बृद्धाश्रममा योगदान गर्नेछौ, हाम्रो लक्ष्य न्युनतम ५० हजारभन्दा माथी दिने रहेको छ, जसबाट विद्यार्थीहरुमा सहयोगी भावनाको विकास हुनेछ ।’ फुड स्टलको सञ्चालन विद्यार्थीहरुले नै गरिरहेका आयोजकले जनाएको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर खातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका माननीय बहादुर सिंह थापा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बाल्दै प्रमुख अतिथी थापाले सुदूरपश्चिममा शैक्षीक क्षेत्रमा अतुलनीय योगदान रहेको भन्दै प्रशंसा गरे । उनले भने, ‘यस क्षेत्रका नानीबाबुहरुको शैक्षीक विकासमा विद्यालयको योगदान अतुलनीय देखियो, निजि क्षेत्रका केही समस्या छन्, प्रदेश सरकारबाट हुने समाधानका लागि म आवाज उठाउँछु ।’ कार्यक्रमको सञ्चालन शिक्षक घनश्याम भट्टले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वको सहभागिता रहेको थियो ।  



प्रतिकृया दिनुहोस