शनिबार ०७, माघ २०७९ ०१:४३ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कास्कीको पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका महेन्द्रनगरका आमा छोराको अन्त्यष्टि गरिएको छ।
भीमदत्त नगरपालिका–४ का सुष्मा भट्ट र उनका कान्छा छोरा श्लोकको शव शुक्रबार बेलुका काठमाडौंँबाट महेन्द्रनगर ल्याइएको थियो।
शनिबार महाकाली आर्यघाटमा हिन्दु परम्परा अनुसार उनीहरुको दाहसंस्कार गरिएको पारिवाररिक स्रोतले जनाएको छ।
गत आइतबार काठमाडौंबाट पोखरा जादै गर्दा उनीहरु सवार यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनमा चालक दलका ४ सहित ७२ जनाले ज्यान गुमाएका थिए।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.