चुरे मुलपानी कृषि सहकारीको आठौं बार्षिक साधारण सभा सम्पन्न

विकासका लागि सधैं प्रतिबद्ध छु : प्रदेशसभा सदस्य पन्त

शनिबार ०७, माघ २०७९ ०६:३५    आस्था जोशी



विकासका लागि सधैं प्रतिबद्ध छु : प्रदेशसभा सदस्य पन्त

महेन्द्रनगर : चुरे मुलपानी कृर्षि सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वेदकोट नगरपालिका वडा नं. ८ स्थित सहकारीको सधारणसभामा सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य माननीय माया पन्त प्रमुख अतिथि रहेका थिए । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले वडा नं. ८ आफ्नो निवार्चन छेत्र समेत भएकोमा आफुलाई भोट दिएर जिताएकोमा जनतालाई धन्यबाद दिदै भनिन्, ‘यो मेरो निर्वाचन क्षेत्र पनि हो, यस क्षेत्रको विकास तथा जनाताको जिवनस्तर सुधार्ने योजना ल्याउनका लागि सहकारी मात्र होईन अन्य माध्यम र क्षेत्रबाट गर्न सकिने सबै कामहरु म आफ्नो क्षमताले भ्याएसम्म लागिपर्ने प्रतिबद्धता जनाउन चाहान्छु ।’
यस्तै कार्यक्रमका बिशिष्ट अतिथि वेदकोट नगरपालिका वडा नं. ८ का अध्यक्ष महेशराज जोशीले वडाको विकासका लागि आफुले गाली र ताली दुईवटै खाएर भएपनि लागिपरेको बताए । उनले भने, ‘अहिले कुनैपनि काम गर्दा जनता खुसी नै हुन्छन् तर केही जनता कस्ता छन् की स्वार्थ पुर्ति नभएमा बिरोधकै लागि बिरोध गर्दछन् म त्यस्ताका पछि नलागेर वडालाई पाँच बर्षमा समृद्ध वडा बनाएर देखाउँछु ।’ उनले थपे, ‘देश र जनताका लागि लाग्ने सबै जनताको पक्षमा म उभिएर नमुना वडा बनाउँछु ।’ उनले आफु अध्यक्षसमेत भईसकेको सहकारीको प्रगतिको कामना गर्दै सहकारीका लागि आफु जहाँभएपनि जिवनभर आफुले सक्ने काम गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गरे ।


यसैगरि नेप्सकुनका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि माधव प्रसाद जोशीले भने, ‘हामीले उतपादन गरेका वस्तु तथा उत्पादनहरु यो न उ रुपमा काममा तथा उपभोगमा लिन सकिन्छ, बजार छैन भनेर नभाग्न म सबैमा आग्रह गर्दछु ।’ 
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानीत समेत गरिएको थियो । संस्थाका कार्यवाहक अध्यक्ष बिरबहादुर बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवस्थापक कृष्णदत्त जोशीले गरेका थिए । 



प्रतिकृया दिनुहोस