मदनपुरस्कार विजेता रामलाल महेन्द्रनगरमा, बाआमामाथि परिचर्चा

आइतबार ०८, माघ २०७९ ०८:२८    पश्चिमनेपाल न्यज डट कम



मदनपुरस्कार विजेता रामलाल महेन्द्रनगरमा, बाआमामाथि परिचर्चा

महेन्द्रनगर : साहित्यकार रामलाल जाेशीद्वारा लिखित बाआमा पुस्तकमाथि परिचर्चा कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ । 
बाआमा मदन पुरस्कार विजेता जाेशीकाे तेस्रो आख्यान हो । नेपाली साहित्यमा पछिल्लो समय  बेष्ट सेलरकाे रेकर्ड कायम गरेको बाआमा पुस्तक दस दिनमै दस हजार प्रति बिक्री भएको थियो । साहित्यकार जाेशीले मेचीकाे झापाबाट प्रारम्भ गरेको पुस्तक परिचर्चा श्रृङखला महाकालीको महेन्द्रनगरमा समापन गरिएको छ । मानसखण्ड फाउन्डेसनले आयोजना गरेको परिचर्चा कार्यक्रममा साहित्यकार हरिप्रसाद खतिवडा, जगदीश ओझा, कविराज भट्टले समीक्षा गरेका थिए । वरिष्ठ साहित्यकार वीरबहादुर चन्द , बलदेव अवस्थी, प्रजापति नेगी, तुलसी पण्डित, चन्द्रकला पन्त, श्यामसुन्दर ढकाल, कल्यान ओझा, मधु हमाल लगायतका ६० जना स्रष्टाकोस सहभागिता रहेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. टेकराज पन्त प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रम संयोजक रमेश पन्त मितबन्धुले स्वागत मन्तव्य राखेको कार्यक्रम फाउन्डेसनका अध्यक्ष नारा जाेशीकाे सभापतित्वमा भएको थियोे । महेन्द्रनगरकाे जगन्नाथ पुस्तक पसल र महाकाली गेष्टहाउसकाे सहयोगमा सम्पन्न कार्यक्रमकाे सञ्चालन फाउन्डेसनका सचिव हेमबाबु लेखकले गरेका थिए ।



प्रतिकृया दिनुहोस