बुधबार ११, माघ २०७९ ११:५७ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तथा महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिकका प्रकाशक/सम्पादक लक्ष्मण तिवारीलाई मातृ शोक परेको छ।
पत्रकार तिवारीकी ५८ वर्षीय आमा सोममतीको मंगलबार राति करिब साढे ९ बजेतिर अमेरिकामा निधन भएको हो।
कान्छो छोरा आनन्दलाई भेट्नका लागि बुवा रामसिंह र आमा सोममती सोमबार अमेरिकाको क्यानडा उडेका थिए। त्यहाँस्थित एयरपोर्टमा झरेपछि आमा सोममतीलाई अचानक हृदयघात हुँदा निधन भएको परिवारका सदस्यले बताए।
कान्छो छोरा आनन्दको बिहेको तयारी भइरहेको र बैबाहिक कार्यक्रममा सहभागी हुन बुवाआमा त्यता प्रस्थान गरेका थिए। पत्रकार तिवारीलाई परेको मातृ वियोगमा सञ्चार सम्बद्ध विभिन्न संघ–संस्थाहरुले दुःख व्यक्त गरेका छन्।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.