महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    
‘शहिदहरुका सपना पुरा गर्न लागिपरेका छौ, मजदुरको सहयोगबिना देश बन्दैन’

अनाथहरुको अभिभावक राज्य हो : मुख्यमन्त्री रावल

सोमबार १६, माघ २०७९ ०६:४४    पवन जोशी



अनाथहरुको अभिभावक राज्य हो : मुख्यमन्त्री रावल

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावलले अनाथ बालबालिकाहरुका लागि राज्य अभिभावक भएको बताएका छन् । सोमबार कञ्चनपुरको महेन्द्रनगरमा स्थित महाकाली अञ्चल बाल अनाथालयमा सुदूरपश्चिम प्रदे्श सरकारको आयोजनामा आयोजित फलफुल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताएका हुन् । उनले भने, ‘अनाथालयको विकासका लागि प्रदेश सरकारले उचित कदम चाल्नेछ, एकै माघले जाडो जाँदैन समय छ, यसको विकासका लागि उचित काम गर्नेछौ, अनाथालयमा बस्ने उहाँहरु अनाथ होईनन्, उहाँहरुको अभिभावक राज्य हो ।’


यस्तै उनले महाकाली प्रादेशिक अस्पतालमा अध्यक्ष लगायत पदाधिकारी तथा कर्मचारीहरुसंग छलफल गर्दै अस्पतालको विकासका लागि प्रदेश सरकारले सक्दो प्रयास गर्ने तथा बाँकी केन्द्र सरकारसंग पहल गरिने बताए । उनले भने, ‘अस्पतालको विकासका लागि म त व्यक्तिगत रुपमा समेत लाग्ने नै भए किनकी म यसअघि यस अस्पतालमा पदाधिकारी भईसकेको छु, प्रदेश सरकारको तर्फबाटपनि सहयोग रहन्छ ।’ उनले थपे, ‘अलि गतिलो प्रपोजल बनाएर मलाई दिनुहोस्, केन्द्र सरकारबाट म पास गराउँछु ।’ 

साथै उनले डाँक्टरलाई आकर्षण गर्न भित्रै शुल्क लिएर सेवा लिन मिल्ने क्लिनिक खोल्ने बातावरण बनाउन सञ्चालक समितिलाई आग्रह गरे । उनले भने, ‘डाँक्टहरुलाई पनि भित्रै एक्सट्रा समयमा क्लिनिक चलाउन भित्रै व्यवस्था गर्नुहोस्, जसले डाँक्टरहरुको ईनकम पनि बढ्छ, जनतामा पनि अस्पताप्रति बिश्वासको वातावरण बढ्छ, जसले गर्दा डाँक्टरले बाहीर जान पर्दैन र अस्पतालको गुणस्तर पनि बढ्छ ।’ उक्त कार्यक्रममा बोल्दै पुर्व सांसद निरु पालले अस्पतालको विकासका लागि थुप्रै कार्य गरिएको र अब अस्पताललाई केन्द्र सरकार मार्फत चलाउन पहल गर्नुपर्ने बताए । उनले भने, ‘अस्पतालमा आईसियु, अक्सिजनप्लान्ट तथा डाईलासिस मसिन लगायतका प्रविधि ल्याउन सफल भएका छौ, अब प्रदेशसंग थुप्रै बजेट नहुने हँुदा केन्द्र सरकार अन्र्तगत अस्पताललाई सञ्चालन गर्न तथा यस अस्पताललाई दुर्गममा पारेर कर्मचारी आउने बातावरण बनाउन पुनः पहल  गर्नेछु ।’ कार्यक्रममा अस्पतालका मेडिकल सुपरिडेन्ट डा. अर्जुन भट्टले अस्पतालका समस्याबारे जानकारी गराएका थिए । 

यसैगरी शहिद सप्ताहको अन्तिम दिन मुख्यमन्त्री रावलले शहिदको सम्झनामा महेन्द्रनगर स्थित शहिद दशरथ चन्दको शालिकमा माल्याअर्पण गर्नुका साथै बाल अनाथालयमा तथा प्रादेशिक अस्पताका बिरामीहरुलाई फलफुल वितरण गरेका थिए । शहिद चन्दको शालिकमा माल्याअपर्ण गदै उनले भने, ‘शहिदहरुका सपना अझै पुरा भएका छैनन्, शहिदका सपना पुरा गर्न हामी लागि परेका छौं, छिट्टै यसलाई सार्थकता प्रदान गर्नेछौ ।’ यस अघि सुदूरपश्चिम प्रदेश सरकारले शहिद सप्ताह नमनाएको पाईएकोले आगामी बर्षदेखि शहिदको सम्मानमा व्यवस्थीत रुपमा शहिद सप्ताह मनाईने उनले बताए ।  
मजदुरबिना राज्य चल्दैन 


मुख्यमन्त्री रावलले मजदुरविना राज्य चल्न नसक्ने बताउनुभएको छ । मजदुर नेता स्वः धर्मानन्द पन्तको आठौं स्मृति दिवसमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले  उक्त कुरा बताएका हुन् । उनले भने, ‘राज्य निर्माण गर्न मजदुरको महत्वपुर्ण योगदान हुन्छ, कुनै पनि राज्य मजदुरबिना अगाडी बढ्दैन, प्रदेश सरकार मजदुरको स्वास्थ्य समस्या, आर्थिक ज्यालाका समस्या तथा शुकुम्बासी र भुमिहीनका समस्या पुरा गर्न तदारुकताका साथ लाग्नेछ ।’ यस अवसरमा जिफन्टले मजदुरका समस्या समाधान गर्न छ बुँदे ज्ञापनपत्र समेत बुझाएको थियो । 
यस अघि सुदूरपश्चिम प्रदेश सरकारले शहीद दिवस २०७९ को अवसरमा सन्देश जारी गर्दै उनले राष्ट्र र राष्ट्रियताको रक्षा, नागरिक स्वतन्त्रता, लोकतन्त्र र संघीय गणतन्त्र स्थापनाका निम्ति आफ्नो बलिदानी दिने ज्ञात अज्ञात अमर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
विभिन्न कालखण्डमा अमूल्य जीवन आहूति दिएर सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले विकसित राष्ट्र निर्माणका लागि वीर वीरङ्गानाहरुको बलिदानलाई सम्झना गर्दै हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रुपमा मनाउँदै आइएको उनले उल्लेख गरेका थिए । 
‘महान शहीदहरुको त्यागद्धारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु,’ मुख्यमन्त्री रावलको सन्देशमा भनिएको छ ।



प्रतिकृया दिनुहोस