बिहिबार १९, माघ २०७९ ०४:५४ आस्था जोशी
महेन्द्रनगर : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले पछिल्लो समय सहकारी तथा सहकारीले सञ्चालन गरेको गार्डेन मार्टका बिषयमा सामाजिक सञ्जाल तथा मिडियामा आएका हल्लाहरु निराधार भएकोले हल्लाका पछि नलाग्न सदस्यहरुलाई आग्रह गरेका छन् ।
बुधबार उनले एक विज्ञप्ती जारी गर्दै बजारमा आएको हल्ला जस्तो सहकारी घाटामा नरहेको र कसैपनि सदस्यको पैसा नडुब्ने प्रतिबद्धता जाहेर गरेका छन् । साथै उनले सदस्यहरुमा नअत्तालिन आग्रह गरेका छन् ।
विज्ञप्तीको पुर्णपाठ
आदरणीय सदस्यमहानुभावहरू
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाप्रति विभिन्न सामाजिक सञ्जालमाआएका समाचारप्रति हामी दुःख प्रकट गर्न चाहन्छौ । प्रधानकार्यालयबाट हिजो प्रेस विज्ञप्ति प्रकाशित गरी हाम्रा सदस्यहरूलाई धेरैजसो कुरामा स्पष्ट पार्ने प्रयास हामीले गरेका छौँ । बहुउद्देश्यीय प्रकृतिमा सहकारी विभागमादर्ता भई देशकाविभिन्नजिल्ला र क्षेत्रमा सदस्य सेवा केन्द्रको स्वीकृतको अनुमतिलिएर भक्तपुरमा प्रधान कार्यालय रहेको यस शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको मातहतमा नेपाल भरिमा ३७ वटा सदस्य सेवाकेन्द्रहरु सञ्चालनमा रहेका छन् । सहकारीको माध्यमबाट देशको सामाजिक आर्थिक विकास गर्ने मुख्य उद्देश्यका साथमा स्थापनाकाल देखिनै हामी लागिराखेका छौ । सुदूरपश्चिमप्रदेशमा हाल सात वटा सदस्य सेवा केन्द्र हरू सञ्चालनमा रहेको कुरा सर्वविदित नै छ । संस्थाप्रति सामाजिक सञ्जालमाविभिन्नखालका टीकाटिप्पणी र नकारात्मक कुराहरू आइराखेको यस परिस्थितिमा सत्यताको विषयउजागर गरी सदस्यहरुलाई निर्धक्कसँग कारोबार गर्ने वातावरण सृजना गर्नका लागि यो विज्ञप्ति प्रकाशन गरेका छौँ ।
हामी संस्थाको साधारण सभागर्ने तयारीमापनि रहेका छौँ । संस्थाको वार्षिक साधारण सभाको आर्थिक प्रतिवेदनको प्रति सेवाकेन्द्रहरुले प्राप्तगर्ने बित्तिकै हामीहाम्रा सम्पूर्ण सदस्य महानुभावहरूलाई उपलब्ध गराउने छौँ । बजारमा चलेको अफवाह जस्तो संस्थामा त्यस्तो किसिमको कुनै पनिअवस्था नरहेको हामीहाम्रा सम्पूर्ण सदस्य महानुभावहरुमा विनम्रतापूर्वक जानकारी गर्न चाहन्छौँ ।
अहिले सिङ्गो देश नै आर्थिक तरलतामा गुज्रिरहेको परिवेशमा सामान्य सहकारी तथा वित्तीय संस्थापनि त्यस को मारमा परेको कुरा विदित नै छ । हामी त्यस्तो नराम्रो अवस्थामा नरहेको र सदस्यको विश्वास कुनै पनि हालतमा टुट्न दिँदैनौँ ।
सहकारीमा सदस्यप्रधान हुन्छ, त्यो संस्थालाई कसरी जोगाउने र कस्तो अवस्थामा पु¥याउने भन्ने कुरा सदस्य महानुभावहरूकै हातमा हुन्छ । सदस्यहरूको विश्वासलाई टुट्न नदिने हाम्रो दायित्वहुन जान्छ । सुदूरपश्चिमप्रदेशमा संस्थाको नाममा धनगढी कैलालीमाआफ्नै ३ तल्ले भवन रहेको छ । त्यसैसरि डडेलधुरा जिल्ला स्थित तुफनडाँडामा संस्थाको नाममा ४ तल्ले भवन रहेको र सोहीभवन बाट शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र संस्थाद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सुविधा दिइराखेका छन् । संस्थाकै लगानीमा डडेलधुरा जिल्लाको बागबजारमा गार्डेन मार्टको अर्को शाखा रहेको छ । त्यसै गरी महेन्द्रनगर स्थित भीमदत्त नगरपालिकामा ५ तल्ले घर भाडामा लिई ५ तल्लामा गार्डेन मार्ट र एक तल्लामा संस्थाको कार्यालय रहेको छ । त्यसै गरी कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा संस्थाको घर भाडामा लिई सहकारीको कार्यालय र स्थानीय स्तरमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको खरिद बिक्री केन्द्र स्थापना गरेका छौँ । त्यसै गरी सुदूरपश्चिम प्रदेशका हरेक सेवा केन्द्रले सदस्य महानुभावहरूलाई कर्जा स्वरूप लगानी गरेका छौँ । यस बाहेकको संस्थाको आर्थिक गतिविधिको सम्पूर्ण विवरण वार्षिक साधारण सभाको पुस्तीकामार्फत सम्पूर्ण सेयर सदस्यमहानुभावलाई उपलब्ध गर्ने वचनबद्धता प्रकट गर्न चाहन्छौँ ।
अन्तमा यो संस्थाहामी सबैको विश्वासबाट माथि उठ्ने छ कुनै किसिमको दुबिधामानपरी संस्था ढुक्कसँग नियमितकारोबार गर्न हुन सम्पूर्ण सेयर सदस्यमहानुभावहरूमाहार्दिक अनुरोध गर्दछौँ ।
हेमराज जोशी
वरिष्ठ प्रबन्धक
सुदूरपश्चिम प्रदेश
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.