महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

प्रेस चौतारी कञ्चनपुरले मनायो स्थापना दिवस, अनाथालयमा फलफुल र शैक्षीक सामाग्री वितरण

आइतबार २२, माघ २०७९ ०७:४२    आस्था जोशी



प्रेस चौतारी कञ्चनपुरले मनायो स्थापना दिवस, अनाथालयमा फलफुल र शैक्षीक सामाग्री वितरण

महेन्द्रनगर : प्रेस चौतारी नेपालको कञ्चनपुर शाखाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस भव्यताका साथ मनाएको छ । आईतबार विभिन्न कार्यक्रम गरि शाखाले आफ्नो २५ औँ स्थापना दिवस मनाएको हो । 
एमाले निकट पत्रकार संगठनले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारसँग सञ्चार माध्यम र सञ्चारकर्मीको पेशागत अवस्थाबारे छलफल गरेको हो । कार्यक्रममा जिल्लास्थित विभिन्न पत्रकार संघ संगठनका प्रतिनिधी एवं पत्रकारले कोरोना महामारीपछि मिडिया क्षेत्रमा आएको समस्याबारे चिन्ता व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रशाद जोशीले पत्रकार आचारसंहिता पालनामा जोड दिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जोशीले कोरोना संक्रमणपछि मिडिया क्षेत्र आर्थिक रुपमा समस्याग्रस्त भएको उल्लेख गरे ।
त्यस्तै अग्रज पत्रकार चित्राङ्ग थापाले पत्रकारको हकहितमा बलियो मिडिया नीति आवश्यक रहेको औल्याए । उनले पछिल्लो समय पत्रकारीता सहज भएपनि यसलाई व्यवसायिक र मर्यादित बनाउन चुनौतीपुर्ण रहेका बताए । 
नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष तथा अको¥यापका बरिष्ट उपाध्यक्ष विष्णुदक्त अवस्थीले कोरोना संक्रमणपछि मिडिया हाउस चलाउनै समस्या भएको बताए । उनले निजी क्षेत्रको विज्ञापनमा कटौतीसँगै सरकारी विज्ञापनको समान वितरण नहुदाँ सञ्चारमाध्यम धरासायि बन्दैँ गएको बताए । साथै विज्ञापन वितरण प्रणालिमा एकरुपता ल्याउनु पर्ने उनको सुझाव थियो । 
त्यस्तै पत्रकार शेर बहादुर सिंहले पनि पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन चुनौती थपिदैँ गएकाले यसमा संगठनहरुले पनि जिम्मेवार भएर सोच्नुपर्ने बताए । प्रेस चौतारी कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मणदत्त पन्तले दिवसको अवसरमा पत्रकार भेटघाटसँगै सामुहिक मुद्धामा छलफल गरिएको बताए । साथै संगठनले पेशागत हकहितका प्रतिवद्ध रहेको समेत उनले बताए । 
अनाथालयमा फलफुल र शैक्षीक सामाग्री वितरण


यस्तै चौतारीलको कञ्चनपुर शाखाले महेन्द्रनगरस्थि समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल र शैक्षीक सामाग्री वितरण गरेको छ । 
संगठनको स्थापना दिवसको अवसरमा अनाथालयमा फलफुलसँगै शैक्षिक सामाग्री वितरण गरिएको प्रेस चौतारी कञ्चनपुरका सचिव मदन गिरीले बताए । प्रेस चौतारीले देशभर विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ ।


 



प्रतिकृया दिनुहोस