महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    
महाकाली मोर्डन विद्यालयको ३१ औं बार्षिकोत्सव सम्पन्न

प्राविधिक शिक्षामा जोड दिउँ : उपकुलपति जोशी

शुक्रबार ०५, फागुन २०७९ ०९:१६    पवन जोशी



प्राविधिक शिक्षामा जोड दिउँ : उपकुलपति जोशी

महेन्द्रनगर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप–कुलपति डाक्टर अमराज जोशीले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । प्राविधिक शिक्षाले रोजगारी सृजना गर्न मदत गर्ने भन्दै सबैले त्यसतफ ध्यान दिनुपर्ने उनले बताए । शुक्रबार भिमदत्त नगरपालिको वडा नं. ३ भाँसीमा रहेको महाकाली मोडर्न पब्लिक माध्यमिक विद्यालयको ३१ औं बार्षिकोत्सव समारोहमा बोल्दै समारोहका प्रमुख अतिथी समेत रहेका जोशीले उक्त कुरा बताएका हुन् । 
उनले विद्यालयलाई बधाई तथा शुभकामना दिँदै भने, ‘विद्यालयको प्रगति देखेर खुसी लाग्यो, शुभकामना छ तर अबको आवश्यकता भनेको प्राविधिक शिक्षा हो, ढिलो नगरि विद्यालयको त्यतापट्टी ध्यान जाओस् ।’ 
वि.स. २०४८ सालमा स्थापना गरिएको विद्यालयले आफ्नो बार्षिकोत्सव भब्य रुपमा मनाएको हो । कक्षा १० सम्म पढाई हुने उक्त विद्यालयमा २८ जना शिक्षक ८ जना कार्यालय सहयोगि र २० कोठे भवन रहेको विद्यालयले जनाएको छ  । उक्त विद्यालयले विगतमा एस.एल.सि. र अहिलेको एस.ई.इ. परीक्षामा उत्कृष्ठ नतिजा ल्याउँदै आएको छ । 
विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापका साथै थप कक्षाहरु पढाई गराउने गरेको विद्यालयद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा शैक्षिक तथा अन्य विद्यामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरुस्कृत गरिएको थियो । विद्यालयका अध्यक्ष तथा संस्थापक सदस्य हर्क बहादुर धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा बिशिष्ट अतिथीहरुमा भिमदत्त नगरपालिका उप–प्रमुख निलम जोशी, पुर्व उप–प्रमुख यज्ञराज चटौत, एन–प्याब्सनका केन्द्रिय सल्लाहकार तथा नेपाल बार एशोसिएसनका केन्द्रिय सदस्य प्रकाश पाण्डेय, एन–प्याब्सनका केन्द्रिय सल्लाहकार डा. भोजराज पन्त, एन–प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा लिटील बुद्ध एकेडेमीका प्रिन्सिपल श्यामसिंह मौनी, एन–प्याब्सन केन्द्रीय सदस्य एवं भुवनेश्वरी विद्या मंदिरका प्रिन्सिपल सत्येस बहादुर चन्द, सरस्वती मेमोरियल ट्रष्टका सदस्य प्रदिप हमालकी आमा तथा विद्यालयका पुर्व अध्यक्ष स्वर्गिय प्रभाकर हमालकी धर्मपत्नी सकुन्तला हमाललगायत रहेका थिए । 
कार्यक्रमा सरस्वती मेमोरियल ट्रष्टद्धारा बार्षिक रुपमा विद्यालयमा उत्कृठ विद्यार्थिलाई प्रदान गर्दै आईरहेको बार्षिक १० हजार रकम सहितको पुरुस्कार र ट्रफी सहित विभिन्न विद्यामा उत्कष्ठ विद्याथीहरुलाई पुरुस्कार प्रदान गर्नुका साथै विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक महेश बिष्टले गरेका थिए ।



प्रतिकृया दिनुहोस