शुक्रबार ०५, फागुन २०७९ ०९:२५ आस्था जोशी
महेन्द्रनगर : सुदूरपश्चिम सरकारका पुर्व आर्थिक मामिला मन्त्री तथा प्रदेशसभाका माननीय सांसद प्रकाश रावलले सुदूरपश्चिमा मात्र नभई ईन्टरनेशनल पब्लिक स्कुल महेनद्रनगरले देशकै शैक्षिक गुणस्तर बृद्धी गर्न अतुलनिय योगदान पु¥याएको बताएका छन् । शुक्रबार ईन्टरनेशनल स्कुलको २६ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका रावलले उक्त कुरा बताएका हुन् ।
विद्यालयले शिक्षा क्षेत्रमा गरेको गुणस्तर बृद्धी तथा शैक्षिक प्रगतीको प्रशंसा गर्दै उनले भने, ‘इन्टरनेशनल स्कुलले देशमा मात्र होईन बिदेशमा समेत नाम कमाएको छ, यो विद्यालय उदारणीय बनेको छ र यसले हजारौं विद्यार्थीको भबिष्य उज्वल बनाएको मैले थाहा पाएको छु ।’ उनले थपे, ‘ईन्जिनियर र डाँक्टर मात्र होईन यस विद्यालयले समाजलाई चाहीने हरेक प्रकारको जनशक्ति उत्पादन गरेको छ, विद्यालयको अझै प्रगतिको कामना गर्दछु ।’
२०५३ सालमा स्थापना भएको ईन्टरनेशनल पब्लिक स्कुलले हालसम्म नेपाल सरकारबाट ७ पटक क्षेत्रीय विद्या शिल्ड प्राप्त गर्न सफल भएको छ । यहाँका विद्यार्थीले एस.एल.सि. परीक्षामा सुदूरपश्चिममा मात्रै होईन नेपालमै प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । २०६२ सालको एस.एल.सी.मा विद्यालयका छात्र सुभास लामिछानेले नेपालमै तेस्रो स्थान हाँसील गरेका थिए । आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै प्रवन्ध निर्देशक महाशर्मा न्योपानेले भने, ‘केही बर्ष यता प्रदेशमा कानुन र कार्यविधि नबन्दा सुदूरपश्चिममा को उत्कृष्ठ भन्ने आएको छैन हामीले नतिजा बिश्लेषण गर्दा घोषणा हुने हो भने अहिलेको एस.ई.इ.मा पनि हामी नै प्रथम हुन्छौ ।’
पहिलो पटक २०५९ सालमा सुदूरपश्चिमको उत्कृठ विद्यालय बन्दै नगद ५० हजार सहित राष्ट्रिय धोजाबाहक सहित शिल्ड पाएको र त्यसपछि सात पटक सो पुरुस्कार पाएको प्रवन्धक शर्माले बताए ।
विद्यालयमा १ हजार ५ सय विद्यार्थी रहेकोमा ३ सय १७ जना पुर्ण छात्रबृतिमा अध्ययन गरिरहेका विद्यालयले जनाएको छ । जुन रकम २२ लाख ६७ हजार ३ सय २ रुपैयाँ हुन्छ । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै शर्माले भने, ‘निश्चत छात्रबृतिबाहेका पनि थुप्रै छात्रबृति छन्, अनाथ, गरिब, असहाय लगायतका विद्यार्थीहलाई निःशुल्क पढाई रहेका छौ ।’
यस्तै विद्यालयले सामाजिक क्षेत्रमा पनि काम गरिरहेको छ । महेन्द्रनगर स्थित अनाथालयमा विद्यालयले पटक–पटक सहयोग गर्न अक्षयकोष स्थापना गरेको र उतिरिक्त कृयाकलापबाट आएको ५० हजार रुपैयाँ तुरुन्तै हस्तान्तरण गरिने प्रवन्धक शर्माले प्रतिवेदनमा भनेका छन् ।
विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्षमता विकासका लागि खेलकुद, सास्कृतिक कार्यक्रम, देश तथा विदेशमा सेमिनार र सिएनसि कार्यक्रममा लगायतका कार्यक्रममा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा शैक्षिक विद्यामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरुस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी कार्यक्रमा यस बर्षको सर्बोकृष्ट विद्यार्थी पुरुस्कार(इन्टरनेशनल प्राईड) को उपाधी विद्यार्थी लोकेश भट्टले पाएका छन् । कार्यक्रममा समाजका उत्कृष्ठ सातजना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा बरिष्ठ समाजसेवी लिलाध्वज बस्नेत, बरिष्ठ चिकित्सक डा. गणेश दत्त भट्ट, बरिष्ठ पत्रकार चित्राङ्ग थापा, बरिष्ठ खेल प्रशिक्षक पुस्कर शाही, शिक्षाविध नरेन्द्र भण्डारी, ७९ पटक रक्तदान गरेका व्यक्तित्व तुलसी पनेरु र समाजसेवी शारदा चन्द रहेका छन् । उनिहरुलाई प्रमुख अतिथी, बिशिष्ठ अतिथी लगायत विद्यालयका सञ्चालकहरुले दोसल्ला ओडाएर प्रमाणपत्र सहित मायाको चिनोका साथ सम्मानित गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति अध्यक्ष गणेश राज बोहरा तथा सदस्य गौराज बहादुर लिम्बुको सक्रिय सहभागिता रहेको थियो । प्रिन्सिपल राजेन्द्र भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रको सञ्चालन शिक्षक घनश्याम जोशीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विविद्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा शिक्षा क्षेत्रका अग्रज, समाजका अग्रज, प्याब्सन एन–ब्याब्सनका प्रतिनिधि लगायत व्यक्तित्वहको सहभागिता रहेको थियो ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.