आइतबार ०७, फागुन २०७९ ०९:४२ आस्था जोशी
महेन्द्रनगर : न्यु सरस्वती विद्या मंदिर भिनपा १२ ऐरीको २० औं बार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सव भब्य रुपमा मनाएको हो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल अमराज भट्टले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६० सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्मको पढाई भईरहेको प्रिन्सिपल भट्टले बताए । उनले भने, ‘हामीले भाडाको जमिनमा विद्यालय सञ्चालनमा ल्याएका थियौं, अहिले कक्षा २ सम्म त्यसै भवनमा र कक्षा ३ देखि १२ सम्म नयाँ दुईतले भवनमा पढाई भईरहेको छ ।’ उनले थपे, ‘हामीले एस.इ.ई. परीक्षा लगायतका कक्षा १२ को परीक्षामा समेत उत्कृष्ठ नतिजा ल्याउँदै आएका छौ, यसैगरि अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शेक्षिक भ्रमण लगायतका क्रियाकलापहरु सञ्चालन गर्दै आएका छौ ।’
कार्यक्रममा शैक्षिकदेखि विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मानका साथै प्रमाणपत्र र ट्रफी वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न सा“स्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुरेससिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमदत्त नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष केशबसिंह बिष्ट प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा भिमदत्त नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष प्रकाश थापा, १३ का वडा अध्यक्ष रामबहादुर बोहरा, १७ का वडा अध्यक्ष पदम बुढा, निङ्गलाशैनि माविका प्रधानाध्यापक भवानीप्रसाद पन्त, सिटिईभिटि सुदूरपश्चिम प्रदेश कार्यालयका तालिम संयोजक जिवनदत्त पन्त बिशिष्ठ अतिथी रहेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक केशबराज पन्तले गरेका थिए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.