महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    
बेदकोटमा चौपाया व्यवस्थापनबाटै ग्यास र प्रांगारिक मल उत्पादन गरिने

गाई मारेका छैनौ, बुढो गाई मरेपछि गाडेका हौ : नगर प्रमुख बोहरा

बुधबार १०, फागुन २०७९ ११:२७    पवन जोशी



गाई मारेका छैनौ, बुढो गाई मरेपछि गाडेका हौ : नगर प्रमुख बोहरा

महेन्द्रनगर : पछिल्लो समय बेदकोट नगरपालिकामा छाडाचौपायाको समस्या बिकराल रुपमा देखिएको छ । त्यो समस्या साधानका लागि नगरपालिकाले भने आवश्यक प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाले छाडा चौपायाको दिर्घकालिन सामाधानका लागि नीति तथा योजना बनाएको छ । 
विगतमा निर्माण गरिएका संरचनालाई पुर्ननिर्माण तथा नयाँ गौशाला निर्माण गरि व्यवस्थापन गरिने नगर प्रमुख भोजराज बोहराले बताए । उनका अनुसार वडा नं. २ स्थित जडेपानीमा पुरानै गौशाला छ । त्यहाँ ६० छाडाचौपाया राखिएका छन् । 
किसानको बालिनालीमा नोक्सानि हुन थालेपछि नगरपालिकाको प्रशासनीक भवन अगाडी हाल देखिएको समस्या कम गर्न अस्थायी रुपमा छाडाचौपाया व्यवस्थापन गरिएको छ । त्यहाँ करिब १ हजार छाडा चौपाया छन् । ‘तीनीहरुको व्यवस्थापनका लागि वडा नं. ४ मा गौशाला निर्माण गर्ने प्रक्रिया अगाडी बढाईएको छ,’ नगर प्रमुख बोहराले भने, ‘केही दिनमै त्यहाँ छाडाचौपायाको व्यवस्थापन गर्छौ ।’ छाडाचौपायाको व्यवस्थापनबाटै ग्यास प्लान्ट र प्रांगारिक मल उत्पादन गर्ने उहाँले बताए । 
उनका अनुसार १ करोड केन्द्र सरकार, ४० लाख प्रदेश सरकार र २० लाख नगरपालिकाको बजेटबाट वडा नं. ४ स्थित बालज्योति माविको १२ बिघा जमिन भाडामा लिएर संरचना निर्माणको कार्य अगाडी बढाइएको छ । ‘जग्गा भाडामा लिएर डिपिआरको काम भईरहेको छ, तीन वटै सरकारको सहकार्यमा संरचना निर्माणदेखि व्यवस्थापनको काम हुन्छ,’ उनले भने, ‘छाडाचौपायालाई व्यवस्थापन गरेर मात्रै हुँदैन्, त्यसबाट फाइदा पनि लिनुपर्छ । त्यसका लागि ग्यास प्लान्ट र प्रांगारिक मल उत्पादन गर्ने हाम्रो योजना छ ।’ 
नगरपालिकाले छाडाचौपायाको व्यवस्थापनसँगै युवालाई रोजगारीसँग जोड्ने योजना समेत बनाएको छ । ‘१ सयबढी जनालाई रोजगारी दिन्छौं, ४ सय परिवारलाई ग्यास उपलब्ध गराउँछौं,’ नगर प्रमुख बोहराले भने, ‘ग्यास प्लान्ट निर्माणका लागि नेपाल सरकारको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरिसकेका छौं ।’ 
१ हजार गाईगोरुबाट करिब ३ सय परिवारलाई ग्यास दिन सकिने उनको भनाई छ । ‘छाडाचौपायालाई बोझको रुपमा हामी लिदैनौं,’ उनले भने, ‘त्यसलाई अवसरका रुपमा लिएका छौं ।’ छाडाचौपाया व्यवस्थापनमा पछिल्लो ६ बर्षमा १ करोड भन्दा बढी खर्च भैसकेको छ । 
गाई मारेका छैनौ, बुढो गाई मरेपछि गाडेका हौ
नगरपालिकाले छाडाचौपायाको व्यवस्थापनको नाममा चौपाया मारेको आवाज समेत उठ्ने गरेको छ तर आफुहरुले नियतबस चौपाया नमारेको नगर प्रमुख बोहराले दावी गरे । ‘अस्थायी रुपमा १ हजार बढी चौपायाको व्यवस्थापन गरेका छौं, त्यसमा केही बुढा गाईगोरुहरु पनि छन्,’ उनले भने, ‘त्यसमध्ये केही गोईगोरु मर्नु स्वभाविक हो, आफै मरेकाहरुको व्यवस्थापन गर्नुनै पर्छ ।’ ‘एक हजार बुढो गाईमा दिनहुँ दुईचार गाई भरिहाल्छन्, सबैले चारपाँच वेदी दुध खाएर छोडेका गाई हुन्, खानाको कमिले होईन उमेर पुगेर मरेका हुन् ।’ 
‘हामीले अहिले ८ जना कर्मचारी राखेर गाईगोरुको स्याहार गर्ने संयन्त्र बनाएका छौ, दैनिक २५ हजारको घाँस र पराल खरिद गर्ने गरिएको छ ।’ बोहराले भने । खोरमा हालेर गाई मारेको भन्ने हल्ला निराधार भएको उनले बताए । छाडा चौपायाको समस्या कञ्चनपुरभरी नै रहेको छ । 
 



प्रतिकृया दिनुहोस