आइतबार २०, भदौ २०७८ ०७:३९ पश्चिमनेपाल न्यज डट कम
काठमाडौं , साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजेपछि शुरु हुने खेलमा नेपाल जित निकाल्ने योजनाका साथ मैदान उत्रनेछ। नेपाल बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल पहिलो खेलमा बराबरीका रोकिएको हो। साफ च्याम्पियनसिपको तयारीका लागि दुवै टोलीले मैत्रीपूर्ण खेल खेलेको हो।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.