शनिबार २०, फागुन २०७९ १२:१६ पवन जोशी
महेन्द्रनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कंचनपुरका जिल्ला सचिब शिशिर थापा पछिल्लो समय गुण्डार्दीमा उत्रिन थालेका छन् । भख्खरै मात्र जिल्ला सचिब भएका उनले पछिल्लो समय उनले यस्ता कार्यहरुलाई तिब्रता दिएका हुन् । यसै क्रममा उनले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने अपिटुडे दैनिकका प्रकाशक/सम्पादक शुरेस धामीलाई दलबलका साथ कार्यालयमै पुगेर धम्काएका छन् । आफुसंग कुनै सरोकार नभएको बिषयलाई लिएर थापा दवाब दिन अपिटुडेको कार्यालयमा पुगेका हुन् ।
थापा लगायतका मान्छेहरुसंग सरोकारै नभएको बिषयमा गुण्डागर्दी शैलिमा कार्यालयमा आएर आफुलाई त्रसित बनाउन खोजेको अपिटुडेका सम्पादक शुरेस धामीले बताए । उनले भने, ‘मैले सामाचार दिन आए होलान भनेर समय दिए तर उनिहरुले मलाई धम्काउन खोजे, म संग उनिहरुको कुनै सरोकार छैन कसै अरुको सुपारी लिएर आएका उनिहरुले गर्दा मेरो कार्यालयको काम नै प्रभावित बनेको छ ।’
यसअघि ४÷५ दिन पहिले उनको सोही समुहले महेन्द्रनगर बजारमा एासियाली बिकास बैंकको सहयोगमा भईरहेको सडक निर्माणको कामलाई रोकेका थिए । जसका कारण दुईदिन काम रोकीएको थियो । लामा कन्ट्रक्सनले निमार्ण गरिरहेको उक्तकार्यमा उनिहरुले डिपिआरमा उल्लेख नभएको अनावश्यक काम गराउन खोजेकाले काम प्रभावित भएको हो ।
काम प्रभावित हुँदा योजना सम्पन्न गर्न ढिलो हुनुका साथै निर्माण कम्पनीलाई ३ लाख बराबरको आर्थिक भार थपिएको ईन्जिनियर भुपेन्द्र सिंहले बताए । उनले भने, ‘अनावश्यक रुपमा हाम्रो माथतमा नभएको बिजुलिका पोल हटाउन तथा डिपिआरमा नभएको काम गराउन खोज्दा केही दिन काम रोकीएको हो, पोल हटाउने काम हाम्रो होईन ।’ साथै सिंहले आफुहरुले गरिरहेको काम गुणस्तरीय भएको र काम समयमै सक्नुपर्ने बाध्यता रहेकोले विद्युतले पोल समयमा नहटाएपछि पोलसंगै काम अगाडी बढाएको तर यसमा आफ्नो कमजारी नभएको ईन्जिनियर सिंहले बताए ।
पत्रकार धामीलाई केही काम छ, भन्दै कार्यालयमै बोलाएर धम्की दिएको घटनाको सर्वस्त्र बिरोध गरिएको छ । यसैबिच प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले एक विज्ञप्ति प्रकाशित गर्दै प्रेस चौतारी नेपाल कञ्चनपुरका संस्थापक अध्यक्ष एव निर्वतमान केन्द्रीय सदस्य धामीलाई धम्काएको उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस चौतारी कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेको हो । चौतारीले संचारगृहमै आएर आफुसंग असम्बन्धीत विषयमा धम्कीदिने र दवाव सृजना गर्ने कार्यको घोर भत्सना जाहेर गरेको छ । प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष लक्ष्मणदत्त पन्तद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संचारगृहमै आएर धम्कीदिने थर्काउने समुहमाथि कानुनी कार्बाहीका लागि प्रहरी प्रशासनसंग आग्रह गर्दै पत्रकारलाई स्वतन्त्रतापुर्वक काम गर्ने वातावरण सृजना गर्न समेत माग गरेको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.