महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

पत्रकार धामीलाई राप्रपा कार्यकर्ताले गरेको दुव्र्यवहारको  सर्वत्र निन्दा

आइतबार २१, फागुन २०७९ ०४:४८    पवन जोशी



पत्रकार धामीलाई राप्रपा कार्यकर्ताले गरेको दुव्र्यवहारको  सर्वत्र निन्दा

महेन्द्रनगर : पत्रकार सुरेश धामीलाई दुव्र्यवहार गर्ने राप्रपा कार्यकताको सर्वत्र निन्दा भैरहेको छ । फागुन १९ गते महेन्द्रनगरको गल्ली नं. ५ मा अवस्थित धामीको सम्पादकीय कार्यालयमा टेलिफोन गरेर राप्रपा कञ्चनपुरका सचिव शिशिर थापाको नेतृत्वमा आएका कार्यकर्ताहरुले आफुसंग असम्बन्धित र गैरसरोकार राख्ने बिषयमा धामीलाई गुण्डागर्दी शैलिमा कार्यालयमा प्रवेश गरि धम्क्याएका हुन् । 
महेन्द्रनगरमा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार हुन् सुरेश धामी । झण्डै दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेका धामीले विगत ११ वर्षदेखि अपि टुडे दैनिक सञ्चालन गर्दै आएका छन् । 
बेलाबखत देशभरिमा विभिन्न पत्रकारहरुका विभिन्न किसिमका सन्दर्भ/प्रसंग उठिरहनेभए पनि धामी आजसम्म कहिँकतै सामान्य पनि विवाद वा विवादित सन्दर्भसँग जोडिएका देखिन्नन् । कञ्चनपुरमा क्रियाशील पत्रकारहरु र स्थानीयमाझ धामी अत्यन्तै मिलनसार, मृदुभाषी र स्वच्छ छविका पत्रकारका रुपमा चिनिन्छन् । 
उनी आबद्ध प्रेस चौतारी नेपाल बाहेकका पत्रकारहरुका संगठन प्रेस युनियन, प्रेस सेन्टर, पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघमा समेत धामीको इमानदारीता, निष्कलंकता र निष्पक्ष पत्रकारको छवि उदाहरणीय रुपमा लिइने गरिन्छ । कञ्चनपुर जिल्लामा सक्रिय रहेका राजनीतिक दल र तिनका नेताहरु पनि पत्रकार धामीलाई इमानदार र स्वच्छछविका पत्रकारका रुपमा चिन्ने गरेको बताउँछन् ।
आज शनिबार प्रेस सेन्टर र प्रेस युनियनले पनि एक विज्ञप्ति प्रकाशित गर्दै घटनाको निन्दा तथा दोसीलाई कारबाहीको माग गरिएको छ । यस अघि नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालले विज्ञप्ति प्रकाशित गरि कडा कारबाही गर्न प्रहरी प्रसासनसंग माग गरेको छ ।   



प्रतिकृया दिनुहोस