महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    
पत्रकार शुरेश धामी र राप्रपाका सचिब बिचको प्रकरण

कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?

बुधबार २४, फागुन २०७९ ११:१३    आस्था जोशी



कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?

महेन्द्रनगर : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिंह ठगुन्नाले सञ्चार गृहमा प्रवेश गरेर धम्की दिने समुहलाई कारबाही गर्न प्रहरीले ढिलाई गरिरहेको बताएका छन् । उनले भने, ‘प्रहरीले कारबाहीमा ढिलाई गरिरहेको छ, यसले माहोल बिग्रिन सक्स ।’
यसैबिच नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै घटनामा खेद प्रकट गर्दै दोषिमाथि कडा कारबाहीको माग गरिएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार शुरेस धामीको पत्रिका अपिटुडे दैनिकमा केही व्यक्तिहरु गई अपशब्द प्रयोग गदै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ, महासंघ यस घटनाप्रति खेद व्यक्त गर्दछ । यस्ता घटना दोहरीन नदिन दाषीमाथी कानुनी कारबाहीको जोडदार माग गर्दछौ  । महासचिव ठगुन्नाको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 
यसै धामीलाई कार्यालयमै गएर धम्की दिएको प्रति प्रेस सेन्टर, प्रेस युनियन, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा र प्रेस चौतारी नेपालले पनि विज्ञप्ति प्रकाशित गरि कडा कारबाही गर्न प्रहरी प्रसासनसंग माग गरेको छ । 
के हो यसभित्रको कथा ?
शुरेस धामी र कालुप्रसाद चौधरी(केपी) बिच २०७८ पुसमा भेट भयो । कालुप्रसादले जग्गा बेचिरहेको थाहा पाएपछि जग्गा किन्ने तयारीमा रहेका पत्रकार शुरेस धामीले उनलाई भेटे र जग्गा भएको स्थान पथ्थरपुरमा गएर जग्गाको अबलोकन गरे र किन्ने प्रक्रिया अगाडी बढ्यो । 
केपीले बयाना दिनुहोस् भन्ने दवाब दिएपछि धामीले अमिन लगेर जग्गाको मोहडा नापे । २० मिटर मोहडा रहेको उक्त ठाउँमा केपिको १८ कट्टा जग्गा छ । उनको दुईवटा अगाडीको घडेरीमा कुरा चल्यो । एउटा १४ मिटर मोहडामा सिधा पुर्व पश्चिम ४३ लाखमा र एउटा ६ मिटर बाटो दिएर दायाँट्टीको जग्गा उत्तरपुर्व आयतकार आकारमा दिने गरि ३३ लाखमा सहमति भयो । ३३ लाखमा दिन लागेको जुन जग्गा अहिले केपिले जबरजस्ती ४३ लाखमा भिडाउन खोजेका हुन् । 
त्यसपछि धामीले १४ मिटर मोहडाको लम्बाइमा (दुई जनालाई आधाआधा कट्टा बाँड्न मिल्ने गरि) जग्गा लिने दिने सहमति भयो । केपीले आफुले बाटो खोल्ने पछि पछाडीको आधाकट्टा बेच्न मिल्ने धामीलाई आश्वासन दिँदै ३३ लाखको ठाउँमा ४३ लाखको घडेरी भएको दावी गरेका थिए । 
त्यसपछि २०७८ साल माघ २७ गते पहिलो बयानाका रुपमा कागज गरि धामीले ४ लाख रुपैयाँ र त्यसपछि पटक–पटक गरि २२ लाख ५० हजार रुपैयाँ केपीलाई दिए । जग्गा नामसारी गर्न सबै प्रकृया पुरा गरेर १३ गते नापिमा कित्ताकाट गर्दा केपीले सहमति बिपरीत कित्ताकाट गर्न खोजेपछि धामी झस्कीए र आफुलाई फसाउन खोजेको भन्दै विबाद शुरु भयो । केपीले बिगत १० बर्षदेखि जग्गाको कारोबार गर्दै आएका छन् । उनी जग्गा कारोबारी समेत हुन् । 
धामीले उतिखेर नै तपाईले भनेको जस्तो दिने हो भने ३३ लाखमा दिन भनेको बताएका छन् । धामीले भने,‘सहमति भएको जसरी जग्गा दिन नथालेपछि मैले ३३ लाखमा दिन भने, उनले पैसा लगेर आफ्नो समस्या समाधान गरिसकेका थिए ।’ उनले थपे,‘केपीको बजारमा ३ देखी ५ प्रतिशत सयकडा ब्याजमा लिएको पैसा तिर्नु रहेछ, आफ्नो समस्या समाधान भएपछि उनि सम्पर्कमा आएनन्, लगत्तै सरकारले कित्ताकाट बन्द ग¥यो ।’ 
केही दिन पहिला भिमदत्त नगरपालिकाले कित्ताकाट खुला गरेपछि फेरी जग्गा नामसारी गर्न र आफ्नो बाँकी पैँसा लिन आग्रह गर्दै धामी केपिको घरमा पुगेका थिए । केपिले फेरी कागजमा लेखेको र सहमति भएको रुपमा जग्गा दिन नमानेपछि बिवाद शुरु भएको हो । धामीले भने, ‘मैले ब्याजमा पैसा निकालेर केपिलाई दिएको हुँ, उसले पहिले सहमति भएको हिसाबमा जग्गा दिएमा दिन बाँकी रकम जग्गा पास गर्ने बेलामा दिन्छु १ घण्टामै यो समस्या समाधान हुन्छ ।’ 
उनले थपे, ‘अरु फरक ढङ्गले जग्गा लिनुपरेमा मैले १० लाख बढी हाल्दैन ३३ लाखमा दिनुपर्छ किनकी त्यहाँको जग्गाको रेट ३३ लाख नै हो, उतिखेर १४ मिटर मोहडामा पुर्वपश्चिम लामो पारेर दिने भनेर केपिले मबाट १० लाख बढीमा डिल गरेका थिए, नभए मेरो पैसा ब्याजसहित फिर्ता गर्नुपर्छ, उनको घरपरिवारबाट पैसा कम गर्नुभन्दा जग्गा थप्ने प्रस्ताब आएपछि १० लाख बराबरको जग्गा दिन आग्रह गरेको हुँ ।’ 
आफुले १० लाख बराबरको जग्गा मागेको तर उनले ५ धुर मात्रै दिन सहमत भएको धामीले बताए । उनले भने,‘मैले ८ लाख रुपैयाँ त एक बर्षमा ब्याज नै तिरीसकेको छु, आफु ब्याजमुक्त हुने तर मलाई जग्गा पनि नदिने भएपछि म अन्यायमा परे ।’ 
उनले थपे, ‘कुराकानी भईरहेको थियो, मैले भनेको कहिले कमलेश भण्डारीडी आएपछि मात्र कुरा गर्छु भन्ने कहिले कसैको नाम लिने, मैले भनेको तपाई बेच्ने मान्छे म किन्ने मान्छे डाईरेक्ट कुरा गरौं अरुको के काम भनेर समेत भनेको थिए ।’ 
एकाएक राप्रपा कञ्चनपुरका सचिब समेत रहेका शिशिर थापा सहितको टोलिले कार्यालयमै आएर धम्काउने काम गरेपछि आफु झस्केको धामीले बताए । उनिहरुले जस्तो दियो त्यस्तै जग्गा लिनुपर्ने भन्दै दवाब सृजना गरेको धामीले बताए । 
उनले भने, ‘ब्याज सहित जोडेमा त्यो जग्गामा मेरो ५० लाख रुपैयाँ पर्दैछ, ५० लाख हालेर किन्न लागेको एक कट्टा जग्गा पनि म टेडोमेडो लिँदैन बरु आफ्नो पैसा फिर्ता माग्छु, मैले जीवनभरमा कमाएको, साथीभाई इष्टमित्रले सहयोग गरेको र बैंकबाट ऋण कर्जा लिएको पैसा हो ।’  



प्रतिकृया दिनुहोस