महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    
पत्रकार धामी र राप्रपाका थापा बिचको प्रकरण

राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत

बुधबार २४, फागुन २०७९ १२:४४    पवन जोशी



राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत

महेन्द्रनगर : कलयुगमा सबै कुरा देख्न र सुन्न पाईन्छ भन्ने कुराको उदाहरण हो राष्ट्रिय प्रजातन्तत्र पार्टी(राप्रपा) र त्यसका सचिव शिशिर थापा । आफु र आफ्नो समुहलाई आर्थिक लाभ हुने भएपछि उनका आँखामा पट्टी लाग्यो र जसको पैसा फसेको छ उ दोषी र जसले एक बर्षबाट पैसा खाएको छ उ साधु देखिन थाल्यो र यो मुद्दा राप्रपाकै मुद्दा बनेर अगाडी बढेको छ । 
थापाले कालुप्रसाद चौधरी(केपी)लाई गरीब र पिडित देखे जसको महेन्द्र राजमार्गमा दुईवटा घर र बिघौबिघा जमिन छ । तर जिवनमा पहिलो पटक एक कट्टा जग्गा खरिद गरिरहेका पत्रकार शुरेस धामी भु–माफिया र अपराधी भए । वास्तवमा धनमा ताकत हुन्छ भन्ने कुरालाई यो घटनाले प्रमाणित गरेको देखिन्छ । अलिअलि आफुलाई आर्थिक लाभ हुने भए अरुको वास्ता नगर्ने यस्तो प्रवृतिले समाज कतातिर जाँदैछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । 
धामीले खरिद गर्न लागेको जग्गाको आफुलार्ई ५० लाख परीरहेको उनले बताएका छन् । उनले भने, ‘त्यो जग्गामा मेरो ५० लाख रुपैयाँ पर्दैछ, ५० लाख हालेर किन्न लागेको एक कट्टा जग्गा पनि म टेडोमेडो लिँदैन बरु आफ्नो पैसा फिर्ता माग्छु, मैले जीवनभरमा कमाएको, साथीभाई इष्टमित्रले सहयोग गरेको र बैंकबाट ऋण कर्जा लिएको पैसा हो ।’ उनले थपे, ‘कालुको वकालत गर्नेहरुले मेरो पैसा फिर्ता गरेर पछि कालुबाट लिए भईहाल्यो नि यसमा धेरै के बिबाद गर्न प¥यो, तर यहाँ त्यस्तो स्थीति छैन ति मान्छेहरु कालुको पक्षमा वकालत गर्न उसलाई सहयोग गर्न दया मानेर आएका हुन र ?’

यसबारे राप्रपा कञ्चनपुरका सचिव शिशिर थापासंग प्रतिक्रिया लिँदा उनले भने, ‘बषौंदेखि अड्केको कुरा समाधान गर्न हामीलाई केपि जिले गुहार्नुभयो हामीले पनि राम्ररी बुझेका थिएनौ, बुझ्न भनेर उहाँको कार्यालय गएका हौं, भने अनुसार धामी सरले अनावश्यक दवाव दिएजस्तो लागेर पिडीत भनेका हौ, धामी जि लाई हामीले धम्काएका छैनौ, उहाँलाई किन त्यस्तो लागेको थाहा भएन, एकाएक पत्रकारका फोन आउन लागे, कुरा बुझ्न नपाउँदै साँझ चौतारीको विज्ञप्ति आएपछि घटनाक्रम बिग्रिएको हो ।’



प्रतिकृया दिनुहोस